सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुनसरीमा म्यादी प्रहरीमा आवेदन दिनको भीड


  •    न्युजभित्तो/११ चैत्र २०७८, शुक्रबार १५:४९ 
  • सुनसरी,चैत ११। सुनसरीमा स्थानीय तह निर्वाचन लक्षित गरी भर्ना खुलाइएको म्यादी प्रहरीमा आवेदन दिनेको भीड लागेको छ । कार्यालय समय अगावै जिल्ला प्रहरी कार्यालयमा पुगेर आवेदन बुझाउने मात्रै नभई फारम लिन लाइनमा बस्नेको भीड समेत उत्तिकै बाक्लो छ ।

    युवा, युवतीका साथै ४० नाघेका ठूलो समूह २ महिने सरकारी जागिरमा झुम्मिएका छन । लाइनमा पालो पर्खने अधिकांशको चाहना खर्च जुटाउनु नै छ । बेरोजगारी समस्याका कारण म्यादी प्रहरीका लागि पनि आवेदन दिन बाध्य हुनु परेको अधिकांशको भनाइ छ । उनीहरु भन्छन “सरकारले स्वदेशमै रोजगारी दिलाउन सकेन्, खाली बस्नुको साटो थोरै भएपनि घर खर्च जुट्छ । त्यही भएर म्यादी खान आएको ।” युवा मात्र नभई अधवैशे उमेर समूहका व्यक्तिहरु समेत म्यादी बन्ने इच्छा बोकेर घण्टौँ लाइनमा छन् । उनीहरु समेत घरपरिवारको गर्जो टार्न २ महिने सरकारी जागिर खान आएको बताउँछन् ।

    म्यादी प्रहरीका लागि साधारण लेखपढ मात्रै पुग्ने भएपनि आवेदन दिने शिक्षित बेरोजगारको संख्या समेत ठूलो छ । उनीहरुको भनाइमा सरकारी बेवास्ता र रोजगारीको पर्याप्तता नहुनु देशकै लागि विडम्बना हो । पढे लेखेर नि विदेशिनु बाहेक विकल्प छैन । म्यादी प्रहरीमा आउनु रहर नभई बाध्यता हो । शैक्षिक प्रमाणपत्र अनिवार्य नभएकाले आवेदन दिने शिक्षित बेरोजगारको संख्या यकिन हुन नसकेपनि म्यादी प्रहरीमा आवेदन दिनको भीडले बेरोजगार समस्या समाधान गर्न नसकेको सरकारलाई गिज्याई रहेको स्पष्ट देखिन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.