सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘बागमती प्रदेशका सबै घरधुरीमा विद्युत् सेवा पुर्याइने’


  •    न्युजभित्तो/११ चैत्र २०७८, शुक्रबार ११:५२ 
  • बागमती,११ चैत्र।  बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकार तथा नेपाल विद्युत् प्रधिकरणबीच सहकार्य गरेर उज्यालो प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    मकवानपुरको हेटौँडामा आयोजित ‘नेपालमा ऊर्जा क्षेत्रको अर्थ राजनीतिक विश्लेषण’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले प्रदेश सरकारवाट जल र ऊर्जालगायत अन्य वैकल्पिक ऊर्जाको उत्पादन र प्रयोग प्रथमिकतामा रहेको जानकारी दिए ।

    आगामी आर्थिक वर्षमा प्रदेश सरकारले विद्युत् प्राधिकरणको सहकार्यमा शतप्रतिशत घरधुरीलाई विद्युत् सेवा उपलब्ध गराउने, विद्युत् खपत बढाउनका लागि न्यून आय भएका व्यक्ति तथा परिवारलाई सहुलियत दरमा इन्डक्सन चुल्हो उपलब्ध गराउने एवं विद्युतीय सवारीलाई प्रवद्र्धन गर्नका लागि विभिन्न स्थानमा चार्जिङ स्टेशन बनाउनेजस्ता कार्य गर्ने उहाँले जानकारी दिए ।

    सो कार्यक्रममा खानेपानी सिँचाइ र ऊर्जामन्त्री वसन्तबहादुर मानन्धर, प्रदेश नीति तथा योजना आयोगका सदस्य राजु नेपाल, मन्त्रालयका सचिव मोहन शाक्य र प्रदेश डिभिजन कार्यालय हेटौँडाका प्रमुख दीपेन्द्र द्विवेदीले प्रदेशको विद्युत्को अवस्था र समस्याबारे जानकारी दिएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.