मुग्लिन,११ चैत्र । मनकमना केबलकार एक दिन बन्द हुने भएको छ । नियमित मर्मत–सम्भारका लागि यही चैत १४ गते सोमबार एक दिनका लागि बन्द गरिने भएको हो ।
मर्मत–सम्भारपछि चैत १५ गते मंगलबारदेखि पुनः नियमित सञ्चालनमा आउने स्रोतले बतायो । सो अवधिभर चितवनको इच्छाकामना गाउँपालिका–४, चेरेशस्थित बटम स्टेसनमा रहेको रेस्टुरेन्ट सेवा भने यथावत् रहनेछ ।