सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काठमाडौं विश्वकाे छैटौं प्रदूषित सहर, पहिलो नयाँदिल्ली


  •    न्युजभित्तो/१० चैत्र २०७८, बिहीबार १४:१८ 
  • काठमाडौं,१० चैत्र । काठमाडौंको वायु प्रदूषणस्तर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डभन्दा १० गुणा बढी देखिएको छ । डब्लुएचओले पिएम-२.५ को मात्रा वार्षिक औसत ५ माइक्रोग्राम प्रतिघनमिटर निर्धारण गरेको छ । तर, काठमाडौंमा यो मात्रा ५०.९ पुगेको पाइएको हो ।

    युरोपेली संस्था आइक्यू एयरले प्रकाशित गरेको ‘विश्वको वायुको गुणस्तरसम्बन्धी प्रतिवेदन, २०२१’ अनुसार काठमाडौं सन् २०२१ मा विश्वको छैटौं प्रदूषित राजधानी बनेको छ । पहिलोमा भारतको राजधानी नयाँदिल्ली छ ।

    यस वर्ष नेपालको पिएम-२.५ को स्तर वार्षिक ४६ पुगेकोे छ । यो हिसाबले नेपाल प्रदूषित मुलुकको १० औं स्थानमा पर्छ । पहिलोमा बंगलादेश छ । दक्षिण एसियामा नेपाल छैटौं प्रदूषित मुलुकमा परेको छ । सबैभन्दा बढी प्रदूषित बंगलादेश रहेकामा त्यसपछि क्रमशः पाकिस्तान, ताजिकिस्तान, भारत, किर्गिस्तान छन् । डब्लुएचओले गत असोजमा मात्र वायु प्रदूषणको मापदण्ड पुनरावलोकन गर्दै पिएम-२.५ को मानक वार्षिक १० बाट घटाएर ५ कायम गरेको थियो । तर, नेपालको वार्षिक औसत मापदण्ड भने छैन ।

    वायु गुणस्तरसम्बन्धी मापदण्ड, २०६९ ले पिएम-२.५ को मात्रा २४ घण्टामा ४० माइक्रोग्राम प्रतिघनमिटर कायम गरेको छ । हिउँदमा काठमाडौं र तराईका शहरमा यो मात्रा तीन सयदेखि चार सयसम्म पनि पुग्ने गरेको छ । डब्लुएचओले यो मापदण्ड पुनरावलोकन गरेर २५ प्रतिशतले घटाई १५ माइक्रोग्राम प्रतिघनमिटर कायम गरिसकेको छ । तर, नेपालले भने मापदण्ड पुनरावलोकन गर्न त परै जाओस्, आफैले बनाएको मापदण्डभित्र पनि प्रदूषणको मात्रा कायम गर्न सकेको छैन । अर्थात् नेपाल अति प्रदूषित मुलुकमा पर्छ ।

    प्रदूषणबाट सन् २०२१ मा मध्य र दक्षिण एसिया सबैभन्दा बढी प्रताडित भएको आइक्यू एयरले उल्लेख गरेको छ । उसले भनेको छ, ‘सन् २०२१ मा खराब हावाबाट सिकार बनेका ५० मध्ये ४६ घरपरिवार मध्य र दक्षिण एसियाका छन् । सबैभन्दा प्रदूषित शहर पनि यही क्षेत्रका छन् ।’

    ग्रामीण क्षेत्रमा खाना पकाउन प्रयोग हुने दाउरालगायत जैविक इन्धन, धुलोधुवाँ, निर्माण, सवारीसाधन र कृषिजन्यु वस्तु (परालसहित) जलाउँदा दक्षिण एसियामा प्रदूषण बढेको औंल्याइएको छ । आइक्यू एयरले एक सय १७ देशका ६ हजार चार सय ७५ शहरको पिएम-२.५ को मात्राको विश्लेषण गरेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.