सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उद्योग सङ्घको केन्द्रीय अध्यक्षमा डा भट्टराई


  •    न्युजभित्तो/६ चैत्र २०७८, आईतवार ११:२६ 
  • चितवन,६ चैत। नेपाल कम्युनिष्ट पार्टी ९एमाले० निकट उद्योगीहरूको संस्था नेपाल उद्योग सङ्घको केन्द्रीय अध्यक्षमा डा तिलचन्द्र भट्टराई चयन हुनुभएको छ । शनिबार चितवनको सौराहमा सम्पन्न सङ्घको दोस्रो साधारणसभा तथा अधिवेशनले सर्वसम्मतरूपमा डा भट्टराईको अध्यक्षतामा १०१ सदस्यीय केन्द्रीय समिति गठन गरेको हो ।

    समितिको उपाध्यक्षमा सुनिल श्रेष्ठ, अर्जुनकुमार मैनाली, चिन्तामणि बाँस्तोला, महासचिवमा ईश्वरबहादुर गुरुङ, उपमहासचिवमा दुर्गाप्रसाद गौतम र देवेन्द्रप्रसाद चौलागाईँ, कोषाध्यक्षमा राजकुमार बन्जारा, सचिवमा शोभा कोइराला, शोभाकान्त बस्याल, विक्रम लिम्बू चेम्जोङ र प्रेम बस्नेत रहनुभएको छ । अन्य पदाधिकारी पछि मनोनयन गरिने निर्वाचन समितिका अध्यक्ष भीमलाल पौडेलले जानकारी दिनुभयो ।

    अधिवेशनको एमाले स्थायी कमिटी सदस्य एवं जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले उद्घाटन गर्नुभयो । उहाँले अबको युग निर्माणको भएकाले उद्योगी व्यवसायीहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “समृद्धिको यात्रामा पूँजीको विकास गर्नुपर्छ, त्यसका लागि उद्योगीहरूको भूमिका महत्वपूर्ण रहन्छ ।”

    साधारणसभामा अध्यक्ष डा भट्टराईले १० पृष्ठको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । उक्त प्रतिवेदन सभाले पारित गरेको छ । यस्तै महासचिव ईश्वरबहादुर गुरुङले प्रस्तुत गर्नुभएको साङ्गठनिक प्रतिवेदन पारित भएको छ । विसं २०७० मा स्थापना भएको नेपाल उद्योग सङ्घ नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घअन्तर्गतको संस्था हो

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.