सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अब निर्माणको युगमा जानुपर्छ : नेता ढकाल


  •    न्युजभित्तो/५ चैत्र २०७८, शनिबार १७:४६ 
  • सौराहा (चितवन), ५ चैत । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले अब निर्माणको युगमा जानुपर्ने बताउनु भएको छ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ अन्तर्गतको नेपाल उद्योग संघको दोस्रो राष्ट्रिय अधिवेशनलाई आज (शनिबार) सौराहामा सम्बोधन गर्दै उहाँले एमाले समृद्धिभित्रबाट श्रेष्ठता खोज्नुपर्ने ठाउँमा आएको बताउनुभयो ।

    एमालेले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउनु पर्छ भन्ने ठाउँमा पुगेको भन्दै उहाँले अगाडि भन्नुभयो “त्यसका निम्ति सधैं सडकमा गएर ढुंगा हानेर हुँँदैैन । अब हामी निर्माणको युगमा जानुपर्छ ।” हिजो जहानिया शासनको अवस्था रहेको स्मरण गराउँदै उहाँले भन्नुभयो “अहिले जनताको शासन लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । जनताको साथ र सहयोगमा राष्ट्र र जनताको सेवा गर्ने नीतिका साथ अगाडि बढ्ने हो ।”

    समयक्रमले अब एमाले जनताको म्यान्डेडको आधारमा सत्ता टिकाउनु पर्छ, सत्ता सञ्चालन गर्नुपर्छ भन्ने ठाउँमा आएको भन्दै उहाँले भन्नुभयो “हामीले राम्रो कुरा सोचेर पनि जनताले अनुमोदन गर्ने बेलासम्म जनताको धैर्यलाई साथ लिएर यहाँसम्म आयौं । अब पनि जनताको साथको अर्काे विकल्प छैन ।”

    जनताको बहुदलीय जनवादको प्रकाशमा समाजवादको आधार खडा गर्ने नीतिका साथ एमाले अगाडि बढेको उहाँको भनाई छ । हिजो विद्रोको र विपक्षीको भूमिकाको निम्ति सशक्त आन्दोलन गर्ने कुरा श्रेष्ठताको विषय रहेको बताउँदै उहाँले अगाडि थप्नुभयो “हिजो आन्दोलनमा कसरी धेरै मान्छे ल्याउने, कसरी शक्ति प्राप्त गर्ने भन्ने थियो, अब समृद्धि कसरी प्राप्त गर्ने भन्नेमा छौं ।”

    अहिले पनि एमाले विरुद्ध विभिन्न खालका षड्यन्त्रहरु भईरहेको उहाँको भनाई छ । विवादभन्दा माथि हुनुपर्ने संस्थालाई प्रयोग गरेर सरकाले षड्यन्त्र गरिरहेको बताउँदै उहाँले भन्नुभयो “निर्वाचन आयोगलाई निकम्मा बनाएर निर्वाचन नहुने अवस्था सिर्जना गराउने तर्फ जाने सम्भावना छ । त्यसका लागि सावधानी अपनाउनु पर्छ ।” सडकबाट भए पनि यो सरकारलाई निर्वाचन गराउन बाध्य गराउनुको विकल्प नभएको पूर्व मन्त्री समेत रहनु भएका ढकालले बताउनुभयो ।

    मत पत्रको रंग हरियो भन्दा रातो नै स्पष्ट देखिने बताउँदै उहाँले अगाडि थप्नुभयो “साना साना यस्ता प्रायोजित षड्यन्त्र बुनेर गम्भीर खालका षड्यन्त्र गरिंदै छ ।” अहिले जनताप्रति जवाफदेहि हुनु पर्ने सरकार नभएको भन्दै उहाँले भन्नुभयो “यो त सेटिङबाट प्राप्त परमादेशबाट पाँच जना श्रीमान्ले बनाईदिएको सरकार हो ।”
    नेपालको अब राजनीतिक दुई ध्रुवमा विभाजन हुने बताउँदै उहाँले गठबन्धनमा रहेकाहरु एकैपटक कांग्रेसमा जान नसकेको बताउनुभयो । उहाँले भन्नुभयो “प्रकारान्तमा यिनीहरु जाने भनेको कांग्रेसमै हो । अबको निर्वाचनमा यिनीहरु रुख चिन्ह लिएर चुनाव लडे भने अन्यथा नमान्दा हुन्छ ।”

    नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका अध्यक्ष एलपी सावा लिम्बुले सुखी नेपाली समृद्ध नेपालको नाराको अगुवाई महासंघले गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, महासंघका महासचिव भैरव सापकोटा संघका संयोजक डा. तिलचन्द्र भट्टराई लगायतले बोल्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.