सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जतिसुकै रंगिविरंगी देखिए पनि राजनीति दुई ध्रुवमा : नेता ढकाल


  •    न्युजभित्तो/५ चैत्र २०७८, शनिबार १०:२४ 
  • चितवन, ५ चैत । नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री भानुभक्त ढकालले जतिसुकै रंगविरंग देखिए पनि अहिले नेपालको राजनीति दुई ध्रुवमा विभाजन भएको बताउनु भएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले एउटा ध्रुवको नेतृत्व एमाले र अर्काे ध्रुवको नेतृत्व कांग्रेसले गरिरहेको बताउनुभयो ।

    उहाँले अगाडि भन्नुभयो “जतिसुकै रं विरंग देखिए पनि अहिलेको राजनीति दुई कित्तामा छ, एउटा एमाले जुन जनादेशको कित्ता अग्रगमनको पक्षममा छ, अर्काे पार्टी एउटै नामाकरण नगरे पनि गठबन्धनको कित्ता जसको नेतृत्व कांग्रेसले गरेको छ ।” ढकालले अगाडि थप्नुभयो “अहिले रंगीविरंगी देखिए पनि चुनावपछि जाने भनेको मुलुकको राजनीतिक कोर्ष चै दुई ध्रुवमा हो ।” अलि अलि च्याखे दाउपेच थाप्ने केही अस्तित्व संरक्षण गरौं भन्ने व्यक्ति शक्तिहरुको भूमिका अलि रहे पनि दीर्घकालिन हिसाबले नेपालको राजनीति आम निर्वाचन सम्म पुग्दा दुई ध्रुवमा पुग्ने उहाँको भनाई छ ।

    व्यक्ति शक्तिहरु अहिले नै कांग्रेस भनिहाल्न दिङदिङ लागेर पार्टी छुट्टै गरेर मोर्चा गरेको भन्दै उहाँले भन्नुभयो “पार्टी छुट्टै गरेर मोर्चाबन्दी जे भने पनि राजनीतिक भविष्यको हिसाबले योभन्दा अर्काे कोर्ष हुन्छ भन्ने मलाई लाग्दैन ।” अब हुने स्थानीय तहको निर्वाचन र त्यसपछिको प्रदेश र संघीय निर्वाचनको परिणामले त्यसलाई प्रष्ट पार्ने उहाँको भनाई छ ।

    स्थानीय तहको निर्वाचन नेकपा एमालेको दवावका कारण समयमै हुन लागेको भन्दै उहाँले निर्वाचन नगर्न विभिन्न षड्यन्त्र भएको बताउनुभयो । निर्वाचनको समयमा जनप्रतिनिधिविहिन बनाउन नहुने तर्क गर्दै उहाँले भन्नुभयो “संघीयमा निर्वाचन हुँदा सरकारविहिनको कल्पना गर्न सकिंदैन । त्यसैगरी स्थानीय तह पनि रित्त हुनु हुँदैन ।”

    सरकारले निर्वाचन आयोगलाई उपयोग गरी आचारसंहिता र मतपत्रमा अमिल्दा कुराहरु सारेको भन्दै उहाँले भन्नुभयो “संवैधानिक निकाय राजनीतिकको पक्षधरतामा नपरोस् भन्ने एमालेको धारणा हो ।”

    नेकपा (एमाले) ले एकीकृत समाजवादीलाई राजनीतिक मान्यता नदिएको भन्दै उहाँले मान्यता पाएका कुनै पनि दलसँग ठाउँ विशेषमा गठबन्धन गर्न पार्टीलाई आपत्ति नरहेको बताउनुभयो ।

    एमाले अहिले पनि देशको सबैभन्दा ठूलो पार्टी रहेको भन्दै उहाँले भन्नुभयो “अबको निर्वाचनपछि पनि एमाले सबैभन्दा ठूलो पार्टी बन्छ, कति बढी जित्ने भन्ने मात्रै हो ।” संघीय निर्वाचनपछि एमालेलाई कसैको बैशाखी आवश्यक नपर्ने बताउँदै भन्नुभयो “एमाले एक्लै सरकार बनाउन सक्षम हुने गरी परिणाम ल्याउँछौं ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.