सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्वाचन आचारसंहिता : पत्रकारले कसैको पक्ष विपक्षमा लेख्न नपाउने


  •    न्युजभित्तो/४ चैत्र २०७८, शुक्रबार ०८:०७ 
  • काठमाडौं, ४ चैत । निर्वाचन आयोगले स्थानीय तहको चुनावका क्रममा पत्रकारलाई कसैको पक्ष वा विपक्षमा नलेख्न सचेत गराएको छ। आयोगले निर्वाचन प्रयोजनार्थ जारी गरेको आचारसंहितामा यसरी सचेत गराएको हो।

    आयोगले आचारसंहिताको परिच्छेद ७ को दफा २२ ले सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारलाई कसैको पक्ष वा विपक्षमा लेख्न रोक लगाएको हो। दफा २२ को (च) मा लेखिएको छ– “पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, ट्विटर, भाइबर, युट्युब, इन्स्टाग्राम जस्ता विद्युतीय माध्यम प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, लाइक, कमेन्ट वा प्रति कमेन्ट गर्न नहुने ।”

    दफा २२ को (क) ले कुनै राजनीतिक दल, नेता वा उम्मेदवार वा निजको प्रतिनिधिबाट दान, उपहार वा आर्थिक लिन नहुने भनेको छ। यद्यपि, रेडियो, टेलिभिजन र पत्रपत्रिकामा निश्चित समय र स्थान तोकेर विज्ञापन गर्न छुट दिइएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.