सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्वाचनमा कांग्रेसले गठबन्धन गर्नुहुन्न : महामन्त्री थापा


  •    न्युजभित्तो/२ चैत्र २०७८, बुधबार १९:५५ 
  • काभ्रेपलाञ्चोक, २ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्न नहुने बताउनुभएको छ । उहाँले पार्टीको बनेपा नगरसमितिद्वारा आज आयोजित बृहत् सम्मान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आफू निर्वाचनमा गठबन्धन गर्न नहुने मान्यता राख्ने भएकाले केन्द्रीय समितिमा समेत यस्तो धारणा राख्ने बताउनुभयो ।

    “पार्टीलाई निर्वाचनमा तालमेल नगर्ने मेरो सिद्धान्तमा ल्याउन प्रयास गर्छु नसके पार्टीको निर्णय मान्छु”, पूर्वमन्त्रीसमेत रहनुभएका थापाले भन्नुभयो । निर्वाचनमा अन्य दलसँग गठबन्धनबारे केन्द्रीय बैठकमा गम्भीर छलफल हुने र पार्टीकै निर्णयअनुसार अघि बढ्ने उहाँले दोहो¥याउनुभयो । पार्टीभित्र उम्मेदवार छान्दा मन परेन भन्न पाइने तर पार्टीले छानेको उम्मेदवार सबैको सर्वमान्य हुने उहाँले दाबी गर्नुभयो ।

    उहाँले भन्नुभयो, “मतदाताले पार्टी बदल्न पाउँछ, तर एउटा पार्टीको भनेर अर्को पार्टीमा मत हाल्नु कदापि हुुँदैन, पाप लाग्छ ।” निर्वाचनमा कांग्रेस एक्लैले जितेर देखाउनुपर्ने उहाँको तर्क थियो । महामन्त्री थापाले आउँदो पाँच वर्ष कांग्रसलाई मत दिन जनतालाई अनुरोध गर्न नेताकार्यकर्तालाई आग्रह गर्नुभयो । “हामीलाई पाँच वर्ष मत दिएर स्थानीय तह र संसदीय निर्वाचनमा जिताउनुस्, हामी यो यो काम गर्छौं भनेर योजनासहित जनताको जानुपर्छ”, उहाँले भन्नुभयो ।

    आफ्नो पार्टीले आउँदो पाँच वर्षका लागि बहुमत ल्याएर व्यवस्था ठिक ढङ्गले सञ्चालन गरी जनताको अवस्थामा सुधार गर्ने, युवालाई कतार र मलेसिया जानबाट रोकेर ‘जनशक्ति बेच्ने’ हैन सामान बेच्ने देश बनाइने उहाँले ठोकुवा गर्नुभयो । उहाँले थप्नुभयो, “हामीले स्थानीय मात्र हैन, प्रदेश र सङ्घमा पनि बहुमत ल्याउनुपर्छ ।”

    सो अवसरमा महामन्त्री थापाले पार्टीको जिल्ला, प्रतिनिधिसभा, प्रदेशसभा क्षेत्र तथा स्थानीय तहमा निर्वाचित पदाधिकारीलाई सम्मान गर्नुभएको थियो भने अन्य दलबाट कांग्रेसमा नवप्रवेशी करिब २०० लाई क्रियाशील सदस्यता प्रदान गर्नुभएको थियो । आयोजकले १४औँ महाधिवेशनमा महामन्त्री थापालगायत केन्द्रीय सदस्यमा निर्वाचितलाई सम्मान गरेको थियो ।

    कार्यक्रममा पार्टी केन्द्रीय सदस्यत्रय मधुप्रसाद आचार्य, उर्मिला केसी र गणेश लामा, बागमती प्रदेश सभापति इन्द्र बानियाँ, प्रदेश महामन्त्रीद्वय कञ्चनचन्द्र वादे र राजु श्रेष्ठ, जिल्ला सभापति तीर्थ लामा, सचिव माधव ढकाल, प्रतिनिधिसभा क्षेत्रीय सभापतिद्वय महेश खरेल र दिनेश लामा, प्रदेशसभा क्षेत्रीय सभापति रामहरि श्रेष्ठलगायतले नवप्रवेशीलाई बधाई एवं शुभकामना ज्ञापन गर्दै पार्टीको ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ अभियान’मा दत्तचित्त भएर लाग्न आग्रह गर्नुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.