सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सत्ता गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकामा तालमेलको तयारी, भरतपुर कसको भागमा ?


  •    न्युजभित्तो/२ चैत्र २०७८, बुधबार ०७:३४ 
  • काठमाण्डौं, २ चैत । सत्ता गठबन्धनमा आबद्ध दलहरू आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा तालमेल गरेर अघि बढ्ने गृहकार्य शुरू भएको छ । चुनावमा गठबन्धन बनाएर प्रतिस्पर्धामा उत्रने कि एक्लाएक्लै प्रतिस्पर्धा गर्ने भन्ने सम्बन्धमा साझा धारणा बनाउन नसकेका सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकामा भने तालमेल गरेर प्रतिस्पर्धा गर्ने गृहकार्य अघि बढाएको हो ।

    स्थानीय तहको निर्वाचनमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले कम्युनिस्ट पार्टीहरू विभाजित भएकाले एक्लै चुनाव जित्न सकिने दाबी गरिरहँदा सत्ता गठबन्धनमा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी केन्द्र र जनता समाजवादी भने तालमेल गरेर जानुपर्नेमा जोड दिइरहेका छन् ।

    गठबन्धनको शीर्ष तहमा महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेल गरेर जाने र नगरपालिका र गाउँपालिकामा भने त्यहाँको वस्तु अवस्था हेरेर निर्णय गर्न दिने विषयमा छलफल भइरहेको बताइएको छ ।

    छलफलमा कुन महानगर र उपमहानगर कुन पार्टीको उम्मेदवार बनाउने भन्ने विषयमा अझै निर्णय हुन सकेको छैन । कांग्रेसको मुख्य जोड काठमाण्डौं महानगरपालिका रहेका रहेका छ भने माओवादीले भरतपुर महानगरपालिका ताकेको छ । जनता समाजवादी र एकीकृत समाजवादीले पोखरा महानगरपालिकामा चासो राखेका छन् । ठोस निर्णयमा नपुगेसम्म कुन महानगर र उपमहानगर कसले पाउने भन्ने निश्चित हुने छैन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.