सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल उद्योग संघको राष्ट्रिय अधिवेशन चितवनमा, एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने


  •    न्युजभित्तो/१ चैत्र २०७८, मंगलवार १८:४० 
  • चितवन, १ चैत । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ अन्तर्गतको नेपाल उद्योग संघको राष्ट्रिय अधिवेशन चितवनमा हुने भएको छ । यही चैत ५ गते चितवनको सौराहा स्थित होटल जंगल क्राउनमा अधिवेशन हुन लागेको हो ।

    समितिका संयोजक डा. तिलचन्द्र भट्टराईका अनुसार अधिवेशनको नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुहुने छ । कार्यक्रममा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल र सहसंयोजक रचना खड्काले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    अधिवेशनमा देशभरबाट एक सयभन्दा बढी प्रतिनिधिको सहभागिता हुनेछ भने आयोजक जिल्ला चितवनबाट १५० जना सहभागि हुनेछन् । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै उद्योगी व्यवसायीहरुका समस्याबारे गहन छलफल गर्ने छ ।

    संयोजक भट्टराईले भन्नुभयो “यो अधिवेशन प्रशिक्षण सहितको अधिवेशन हुनेछ ।” नेपालमा ठूलो आर्थिक समस्या आउँदै गरेको भन्दै उहाँले अगाडि थप्नुभयो “बैंकमा तरलता अभाव छ, राज्यसँग डलर संचित न्यून छ ।” यसले नेपालको अर्थतन्त्रमा ठूलो समस्या आउन सक्ने भन्दै उहाँले यस बारेमा अधिवेशनमा व्यापक छलफल हुने जानकारी दिनुभयो । उद्योग व्यवसायको वर्तमान अवस्था र आगामी रणनीतिबारेमा छलफल हुने भट्टराईको भनाई छ ।

    यसैबीच अधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्ने बारे यहाँ छलफल भएको छ । छलफलमा संयोजक भट्टराई सहित जिल्लाका उद्योगी व्यवसायीहरु हरिप्रसाद सुवेदी, चिरञ्जीवि सुवेदी, शंकर नेपाल, राजेन्द्र ओली, खोमकान्त रेग्मी, प्रकाश आचार्य, उमेशचन्द्र सापकोटा, दुर्गाप्रसाद गौतम, सनद लामिछाने, शम्भु सुवेदीलगायतको सहभागिता रहेको थियो । छलफलले अधिवेशन सम्पन्न गर्न जिम्मेवारी बाँडफाँड गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.