सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना सक्रमण दुई अंकमा सीमित, मृत्यु शुन्य


  •    न्युजभित्तो/१ चैत्र २०७८, मंगलवार १७:०५ 
  • काठमाडौं,१ चैत्र । नेपालमा केहि दिन यता कोरोना संक्रमण दुई अंकमा सीमित रहेको छ। मंगलबार थप ८३ जनामा संक्रमण पुष्टि भएको छ।

    स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार ७,८८४ जनामा परीक्षण गर्दा ८३ जनामा संक्रमण भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३० जना संक्रमणमुक्त भएका छन्।

    शुन्य मृत्यु

    पछिल्लो २४ घण्टामा शुन्य मृत्यु रहेको छ। नेपालमा लगातार चार दिनदेखि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ। कोरोना संक्रमणदर दैनिक घटिरहँदा मृत्यु हुनेको संख्या पनि घटेको हो। 

    शनिबार, आइतबार र सोमबार र मंगलबार कोरोनाबाट शून्य मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ९५० जना संक्रमितको मृत्यु भइसकेको छ। 

    यसअघि शुक्रबार एक जनाको मृत्यु भएको थियो भने बिहीबार र बुधबार मृत्यु संख्या शून्य थियो। नेपालमा हाल कोरोना संक्रमणदर एक दशमलव सात प्रतिशत छ। पाँच प्रतिशतभन्दा कम भएको अवस्थालाई  कोरोना संक्रमण सामान्य मान्न सकिने मन्त्रालयले जनाएको छ।  

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.