झापा,१ चैत्र । रुस-युक्रेनबीच युद्धको बहानाबाजी गरेर पेट्रोलियम पदार्थ, खानेतेल लगायत दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक मूल्यवृद्धि गरिएकोमा आपत्ति जनाउँदै जिल्लास्थित उपभोक्ता जागरण अभियानले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।
अभियानले आज उपभोक्ता दिवसका अवसरमा बुझाएको पाँचबुँदे ध्यानाकर्षण पत्रमा रुस–युक्रेन युद्ध र त्यसले पारेको असरले डलर र पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुँदा विश्व नै महँगीको चपेटामा परेको उल्लेख गरिएको छ ।
अभियानका जिल्ला अध्यक्ष मोहनकाजीको हस्ताक्षर भएको ध्यानाकर्षण पत्रमा बजारमा अस्वाभाविकरुपमा मूल्यवृद्धि गरिएकाले आम जनगुनासोलाई मध्यनजर गर्दै सरकारी अनुगमन संयन्त्रलाई परिचालन गरेर महँगी नियन्त्रण र बजारलाई स्वच्छ बनाउन अनुरोध गरिएको छ ।