सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ताप्लेजुङमा लालीगुराँस फूलेपछि वनपाखा ढकमक्क हुन थाले


  •    न्युजभित्तो/२८ फाल्गुन २०७८, शनिबार १४:०० 
  • ताप्लेजुङ,२८ फाल्गुन।  ताप्लेजुङ्को कञ्चनजङ्घाको बेँसीदेखि लेकाली क्षेत्रभरि लालीगुराँस फुल्न थालेपछि लालीगुराँसले वनपाखाहरु ढकमक्क भएका छन् । लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । लालीगुराँस साधारणतया माघ, फागुन र चैत तिर फूल्ने गर्दछ ।

    नेपालको पूर्वदेखि सुदूरपश्चिमका विभिन्न ४३ जिल्लाका मध्य तथा उच्च पहाडी र हिमाली भेगमा ३१ थरीका गुराँस पाइन्छन् । लालीगुराँस पूर्वदेखि सुदूरपश्चिमका डाँडापाखामा भेटिने भएकाले विज्ञहरूले यो वनस्पतिलाई राष्ट्रिय फूल बनाउन सिफारिस गरेका थिए ।

    नेपालको पूर्वीभेगका ताप्लेजुङ, संखुवासभा र तेह्रथुमलाई जोड्ने संगमस्थल तीनजुरे, मिल्के, जलजले (टीएमजे) मा लालीगुराँसको जंगल लै छ । टीएमजेमा मात्रै गुराँसका विभिन्न २८ प्रजाति पाइने भएकाले सो ठाउँलाई गुराँसको राजधानीसमेत भनिन्छ ।

    फागुन, चैत, वैशाख, जेठ महिनाभर अनेक थरीका गुराँसले जंगललाई रंगीचङ्गी बनाउने भएकाले टीएमजे पुग्ने आन्तरिक र बाह्य पर्यटकको संख्या निकै बाक्लो हुन्छ । नेपालमा समुद्र सतहको १३०० देखि २५०० मिटर उचाइ हाराहारीमा लालीगुराँस गुराँस पाइन्छ । लालीगुराँसबाहेक तर अन्य थरीका गुराँस भने ४५०० मिटर उचाइ हाराहारीमा पनि फेला परेका छन् ।

    हिमाली क्षेत्रमा हुने ‘रेडोडेन्ड्रन निभाल’ नामको गुराँसलाई ‘स्नो’ अर्थात् हिउँ गुराँससमेत भन्ने गर्छन् । अहिले हिमाली भेग हिउँले ढाक्ने भएकाले रेडोडेन्ड्रन निभाल जस्ता उच्च भेगका गुराँस साउन भदौमा मात्रै फुल्छन् । बोटभरि ढकमक्क फुलेको गुराँस हेर्दै आकर्षिक हुने भएकाले हरेकको मन तान्ने गरेको छ ।

    झाडी, बुट्ट्यान र मझ्यौला रूख आकारका गुराँस सयौं थरीका छन् । तर सबै लालीगुराँस होइनन् । ठूलो रूख आकारको लालीगुराँस भने नेपाल र चीनमा मात्रै पाइन्छ । गुराँस नेपालसहित चीन, भारत, भुटान, म्यानमार, भियतनाम, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, उत्तर कोरिया, दक्षिण कोरिया, जापान र अष्ट्रेलियामा पाइन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.