सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महिनावारीका समयमा गरिने विभेद अन्त्य गर्न सांस्कृतिक महोत्सव


  •    न्युजभित्तो/२८ फाल्गुन २०७८, शनिबार १३:०० 
  • बैतडी,२८ फागुन। महिनावारीका बेला महिलामाथि गरिने विभेद अन्त्य गर्नका लागि बैतडीसहित सुदूरपश्चिमका विभिन्न स्थानीय तहमा जनचेतनामूलक सांस्कृतिक महोत्सवको आयोजना गरिएको छ ।

    समाजमा रहेका हानिकारक परम्परागत प्रचलन हटाउनका लागि ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोग तथा सम्बन्धित पालिकाले साँस्कृतिक महोत्सव आयोजना गरिएको हो । महोत्सवमा लोक तथा ड्यौडा गायिका र मार्यादित महिनावारी व्यवस्थापन सद्भावना दूत रेखा जोशी गीतमार्फत जनचेतना सन्देश दिनुभएको छ ।

    आठ सयभन्दा बढी गीतमा स्वर दिएकी गायिका जोशी पछिल्लो समयमा समाजमा रहेका हानिकारक प्रचलन अन्त्यका लागि साङ्गीतिक कार्यक्रममा सहभागी हुँदै आउनुभएको छ । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले गायिक जोशीलाई मार्यादित महिनावारी व्यवस्थापन सद्भावना दूत नियुक्त गरेको थियो ।

    सांस्कृतिक महोत्सवमार्फत समाजमा रहेका हानिकारक प्रचलन हटाउनका लागि गायिका जोशीलाई सद्भावना दूतका रुपमा अगाडि सारेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका सामाजिक तथा संस्थागत विज्ञ राजु तिरुवाले बताउनुभयो । उहाँले भन्नुभयो, “खानेपानी र सरसफाइका क्षेत्रमा हामी काम गरिरहेका छौँ । तर महिनावारी भएका बेलामा हुने विभेद अझै कायमै रहेकाले सांस्कृतिक महोत्सवमार्फत जनचेतना र परिवर्तन गर्न खोजिरहेका छौँ ।”

    महिनावारीका बेला अझै पनि हाम्रो समुदायका महिलाले चर्पी प्रयोग गर्न नहुने, खानेपानीका धारा छुन नपाइने, दूध, दही खान नहुनेलगायतका हानिकारक प्रचलन छन् । महिनावारीका समयमा गरिने विभेद अन्त्यका लागि गीतमार्फत जागरण फैलाइरहेकी गायिका जोशीले बताउनुभयो । महिनावारी भएका समयमा गरिने भेदभावले महिलामाथि हिंसा हुने भएकाले त्यस्ता खालका हिंसा न्यूनीकरणका लागि समाजमा रहेका हानिकारक प्रचलन अन्त्य गरिनुपर्ने उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “महिनावारी भएका बेला गरिने विभेदले ठूलो समस्या निम्त्याउने गरेको छ, त्यसको अन्त्यका लागि मैले गीतमार्फत सचेतना फैलाइरहेकी छु । यसले केही परिवर्तन ल्याउनेछ ।” ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले स्थानीय तहसँग मिलेर सुदूरपश्चिमका बैतडी, डोटी, डडेल्धुरा र बझाङमा सांस्कृतिक महोत्सवको आयोजना गरिएको छ ।

    महोत्सवमा यस्तै लोक तथा ड्यौडा गायिका रेखा जोशी, गायक महेशकुमार औजी, मनोहर परियार, गोपाल दयाललगायतका कलाकारले जनचेतनामूलक सांस्कृतिक झलक प्रस्तुत गर्नुभएको छ । महिनावारी भएका समयमा महिलाले अझै पनि दूध, दही खान नपाउने, चर्पीको प्रयोग गर्न नपाउनेलगायतका समस्या रहेकाले त्यस्ता खालका समस्या हटाउन सबैले जागरुक हुनुपर्ने महोत्सवका सहभागीहरुले बताएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.