सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

व्यापार र लगानीका अवसर विस्तार गर्न नेपाल र टर्की सहमत


  •    न्युजभित्तो/२७ फाल्गुन २०७८, शुक्रबार १५:२९ 
  • काठमाडौँ,२७ फाल्गुन ।  अन्तालिया कूटनीतिक मञ्चमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल टर्कीको अन्तालियामा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र गणतन्त्र टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुसँग बिहीबार द्विपक्षीय भेटवार्ता भएको छ ।

    सो अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले द्विपक्षीय सम्बन्ध र आपसी सहयोगका महत्वपूर्ण पक्षहरुको समीक्षा गर्नाका साथै दुई मुलुकबीच व्यापार र लगानीका अवसरलाई थप विस्तार गर्न सहमति जनाएको परराष्ट्र मन्त्रालयले बताएको छ ।

    परराष्ट्रमन्त्री खड्काले युक्रेन र रसियाका विदेशमन्त्रीलाई वार्ताको टेबुलमा ल्याउन टर्कीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै कूटनीति र वार्ताको माध्यमबाट नै जारी द्वन्द्वलाई दिगो रुपमा समाधान गर्न सकिने विश्वास व्यक्त गरे । विदेशमन्त्री काभुसोग्लुले नेपाल र टर्कीबीच पारस्परिक लाभका क्षेत्रमा परिणाममुखी साझेदारी अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    बिहीबार नै परराष्ट्रमन्त्री डा खड्काले बहराइन अधिराज्यका विदेशमन्त्री डा. अब्दुललातिफ बिन रसिद अल जायनीसँग भेटवार्ता गरे । सो अवसरमा उनले बहराइनमा रहेका नेपाली आप्रवासी कामदारको रक्षा गरेकामा बहराइन सरकारको सराहना गरे । उनीहरूबीच आर्थिक सहयोग विस्तार तथा जनता-जनताबीचको सम्पर्क र पर्यटन प्रवद्र्धन, विशेषगरी पर्वतारोहण क्षेत्रलगायत विषयमा विचार आदानप्रदान भएको पनि उक्त मन्त्रालयले जनाएको छ ।

    त्यसअघि परराष्ट्रमन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई विभिन्न क्षेत्रका टर्कीका उद्यमीहरूको समूहले छलफलका लागि स्वागत गरेको थियो ।छलफलमा भाग लिँदै नेपाली प्रतिनिधिमण्डलले दुई देशबीचका सम्भावित व्यापारमा सहकार्यका लागि व्यवसायीहरूसँग आग्रह गरेको थियो । विशेष गरी मन्त्री खड्काले टर्कीका व्यापारी समुदायलाई नेपालमा लगानी भएको क्षेत्रमा व्यापारका अवसर पहिल्याउन उहाँहरूलाई आमन्त्रण गरेका थिए ।

    आजदेखि यही फागुन २९ गतेसम्म आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चलाई भोलि सम्बोधन गर्ने कार्यक्रम छ । मञ्चमा ५० भन्दा बढी देशका परराष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञहरूको सहभागितामा ‘लोकतान्त्रिक शासन र सुरक्षा’ तथा ‘दिगो क्षेत्रीय विकासको लागि नयाँ एशिया’ विषयमा हुने दुई बेग्लाबेग्लै सत्रलाई उनले सम्बोधन गर्नेछन् । मञ्चमा विद्यमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू र तिनको समाधानमा केन्द्रित भएर छलफल हुनेछ ।

    नेपाल र टर्कीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वर्ष प्रवेशको सन्दर्भमा भएको परराष्ट्रमन्त्रीको यो भ्रमण द्विपक्षीय सम्बन्ध अझ प्रगाढ तुल्याउन फलदायी हुने विश्वास गरिएको छ । भ्रमणबाट द्विपक्षीय व्यापार, लगानी, पर्यटन, वैदेशिक रोजगारी तथा जनस्तरको सम्बन्ध अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा पनि गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.