सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ज्येष्ठ नागरिकको उपचारका लागि छुट्टै अस्पताल बनाउने निर्णय, कुन जिल्लामा बन्छ?


  •    न्युजभित्तो/२७ फाल्गुन २०७८, शुक्रबार ११:४२ 
  • काठमाडौं,२७ फाल्गुन।  सरकारले ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल बनाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले ज्येष्ठ नागरिक अस्पताल बनाउने सैद्धान्तिक सहमति दिएको हो।

    अस्पताल बनाउने प्रस्ताव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रिपरिषदमा लगेको थियो। मन्त्रिपरिषदको सहमतिसँगै अस्पताल निर्माणका लागि बाटो खुलेको हो। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समयअघि राधिका थपलियाको संयोजकत्वमा ज्येष्ठ नागरिकका लागि पायक पर्ने स्थानमा अलग्गै विशिष्टकृत अस्पताल स्थापना गर्ने विषयमा अध्ययन गर्न कार्यदल बनाएको थियो। उक्त कार्यदलले आवश्यक काम अगाडि बढाएको छ। कार्यदलले दिएको सुझाबका आधारमा अस्पताल निर्माणको काम अगाडि बढ्ने छ।

    मन्त्रालयका अनुसार ज्येष्ठ नागरिकका लागि अस्पताल निर्माण गर्न धादिङ, चितवन, मकवानपुर, सिन्धुली, काभ्रे लगायतका जिल्ला प्रस्तावमा आएका छन्। तर यो छलफलका क्रममा नै रहेका कारण कुन जिल्लामा अस्पताल बन्छ भन्ने अहिले नै टुंगो लागिसकेको छैन।

    यसैगरी, बिहीबारको मन्त्रिपरिषद बैठकले ५० वर्षभन्दा माथिको उमेर समूहका नागरिकको नि:शुल्क रुपमा मिर्गौला, कलेजो, मुटु लगायतका रोगहरुको परीक्षण गर्ने निर्णय पनि गरेको छ। यस्तो परीक्षण वर्षमा १ पटक नि:शुल्क गरिने निर्णय भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको सचिवालयले जनाएको छ। 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.