सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बस भाडा बढाउन यातायात व्यवसायीको चर्को दबाब


  •    न्युजभित्तो/२३ फाल्गुन २०७८, सोमबार ११:०२ 
  • काठमाडौं,२३ फाल्गुन ।  विभिन्न समयमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको जनाउँदै यातायात व्यवसायीले बस भाडा बढाउन चर्को दबाब दिन थालेका छन् । यातायात व्यवसायीले इन्धनको बढेको मूल्यअनुसार भाडा समयाोजन गर्न सरकारलाई दबाब दिएका हुन् ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भाडा समायोजन गर्न सरकारलाई पाँच दिनको समय दिएको बताएका छन् । उनले सरकारले भाडा नबढाएमा आफैं भाडा बढाएर आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।

    व्यवसायीले इन्धनमा भएको मूल्यवृद्धिले व्यवसाय टिकाउन समेत गाह्रो भएको जनाउँदै मूल्य वृद्धिअनुसार सार्वजनिक सवारीको भाडा बढाउन पाउनुपर्ने जनाएका छन् । व्यवसायीले कोरोनाले लामो समय मारमा परेर बिस्तारै उठ्न लाग्न फेरि बढ्दो इन्धनको मूल्यले बैंकको किस्ता बुझाउन कठिन भएको बताएका छन् ।

    व्यवसायीले भाडा वृद्धि गर्न माग गर्दै आए पनि सरकारले भने भाडा वृद्धि गरेको धेरै नभएको भन्दै अहिले नै हतार गर्न नहुने जनाएको छ । सरकार अहिले नै भाडा वृद्धि गर्ने पक्षमा नदेखिएपछि व्यवसायीले भने आन्दोलनको चेतावनी दिएका छन् । व्यवसायीले सरकारलाई ६ बुँदे ज्ञापनपत्र बुझाएको जनाउँदै माग सम्बोधन नभए आन्दोलनमा उत्रने जनाएका छन् । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.