सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेतृत्वको कुशल निर्णयले गठबन्धन जोगियो, दुर्घटना टर्‍यो : प्रचण्ड


  •    न्युजभित्तो/२० फाल्गुन २०७८, शुक्रबार १६:०९ 
  • काठमाडौँ, २० फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीको समर्थन गर्ने आफ्नो निर्णयको बचाउँ गर्दै एमसीसीको समर्थन गरेसँगै देशमा दुर्घटना टरेको र सत्तारुढ गठबन्धन सुरक्षित बनेको बताएका छन्।

    माओवादी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसीमा आफ्नो कुशल निर्णयले गर्दा मुलुकमा आइलागेको दुर्घटना पनि टरेको र गठबन्धन चुनावसम्मै लैजान सफल भएको दाबी गरेका छन् । उनको आफ्नो सही निर्णयले नेपालको राजनीतिले नै नयाँ कोर्स समातेको पनि दाबी गरे।

    बैठकमा सहभागी एक केन्द्रीय सदस्यले खबरहबलाई दिएको जानकारी अनुसार प्रचण्डले माओवादीले एमसीसीमा समर्थन गरेसँगै मुलुक अन्योल र प्रतिगमनतिर फर्कने खतरा टरेको बताउँदै संविधानको, लोकतन्त्रको र राष्ट्रियताको रक्षाका आफूले एमसीसीमा समर्थन गर्ने निर्णय गरेको दाबी गरे ।

    प्रचण्डले संकल्प प्रस्तावसमेत पारित गर्दै देशको राष्ट्रियतालाई कहिँ कतै आँच नपुर्‍याउने गरी एमसीसी पारित भइसकेकाले अब यो विषयमा रुमलिनु ठिक नभएको समेत दाबी गरे।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.