बाँकेको नरभक्षी बाघ चितवन राष्ट्रिय निकुञ्ज ल्याईयो
न्युजभित्तो/१९ फाल्गुन २०७८, बिहीबार १५:०३
चितवन, १९ फागुन । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. ६ राप्तीपीडित सामुदायिक वन आसपास क्षेत्रमा मानिसलाई आक्रमण गर्दै आएको नरभक्षी बाघलाई चितवन राष्ट्रिय निकुञ्ज ल्याईएको छ । पाँच जनाको ज्यान लिएको र दुई जना मानिसलाई घाईते बनाएको उक्त नरभक्षी बाघलाई नियन्त्रणमा लिएर यहाँ ल्याईएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार उक्त बाघलाई आज यहाँ ल्याईएको छ । बाघलाई निकुञ्जको कसरामा रहेको खोर (केज) मा राखिएको उहाँले जानकारी दिनुभयो । यस अघि नै निकुञ्जको सौराहा र कसरामा रहेको अर्का दुई वटा खोरमा नरभक्षी बाघ रहेका छन् । आचार्यका अनुसार बाँकेमा राख्ने ठाउँ नभएपछि यहाँ ल्याईएको हो । उहाँले भन्नुभयो “उहाँ नरभक्षी बाघ राख्ने केज (खोर) नभएर यहाँ ल्याईएको हो । यहाँ तीन वटा खोर रहेका छन् । दुई वटामा बाघ थिए भने एउटा खाली थियो ।”
यस अघि हिजो उक्त बाघलाई डिभिजन वन कार्यालय बाँकेले बाँके राष्ट्रिय निकुञ्जमा बुझाएको थियो । बाँके राष्ट्रिय निकुञ्जले उक्त बाघलाई यहाँ पठाएको हो ।
वन डिभिजन कार्यालय बाँकेका सूचना अधिकारी गणेशबहादुर खड्काका अनुसार पटक–पटक मानिसलाई आक्रमण गर्दै ज्यान लिने नरभक्षी बाघलाई बुधबार नियन्त्रणमा लिईएको थियो । राप्ती सोनारी गाउँपालिका वडा नं. ६ राप्तीपीडित सामुदायिक वनबाट नियन्त्रणमा लिइएको बाघलाई वन प्रशासनले बाँके राष्ट्रिय निकुञ्जमा बुझाएको खड्काले जानकारी दिनुभयो । खड्काका अनुसार अहिलेसम्म बाघको आक्रमणबाट पाँचजनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् ।

(फाईल तस्वीर)