सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

साना दल र मोर्चाले एमसीसीको विरोधमा थप आन्दोलन गर्ने


  •    न्युजभित्तो/१८ फाल्गुन २०७८, बुधबार १५:०९ 
  • काठमाडौँ,१८ फागुन। साना ६ दल र दुई मोर्चाले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी साना ६ दल र २ मोर्चाले एमसीसीको विरोधमा थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

    सरकारले आइतबार बसेको प्रतिनिधिसभाको बैठकबाट एमसीसी पास गरेको थियो । त्यसको विरोधमा साना दल र मोर्चाले आन्दोलन गर्दै आएका छन् । साना दल र मोर्चाले यही फागुन २० गतेदेखि चैत ६ गतेसम्म आन्दोलन गर्ने जनाएको छ ।

    २० गते काठमाडौं उपत्यकामा विशाल प्रदर्शन र विरोध सभा, २२ गते बुद्धिजिविसँग अन्तक्रिया, २४ गते देशव्यापि प्रदर्शन, २६ गते विद्यार्थीहरुले देशभरिका क्याम्पसमा पदर्शन तथा विरोध गर्ने, २८ गते युवाहरुको विरोध प्रदर्शन, ३० गते मजदूरहरुको देशव्यापी विरोध प्रदर्शन रहेको छ ।

    यस्तै चैत २ गते किसानहरुको विरोध प्रदर्शन, ४ गते श्रमिक तथा दलीतको विरोध प्रदर्शन, ६ गते राािष्ट्रय मोर्चा क्षेत्रीय र जातीय मोर्चाहरुले विरोध प्रदर्शन गर्ने पत्रकार सम्मेलनमा जनाइएको छ ।

    पत्रकार सम्मेलनमा नेकपा क्रान्तिकारी माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ९प्रकाण्ड०ले सरकारले संसदीय व्यवस्था विपरित एमसीसी संसदबाट पास गरेको बताए । उनले सरकारले गरेको १२ बुँदे व्याख्यात्मक घोषणा गलत भएको बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.