संसदको बैठक आज पनि स्थगित, अर्को बैठक आइतबार बस्ने
न्युजभित्तो/१३ फाल्गुन २०७८, शुक्रबार १२:३०
काठमाडौँ,१३ फाल्गुन। प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक पुन: स्थगित भएको छ । हिजो बस्ने भनिएको प्रतिनिधिसभाको बैठक अन्तिममा आएर सूचना टाँस गरी आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
सरकारको आग्रहमा आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित गरिएको हो । सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले संसदको बैठक आइतवारसम्म स्थगित गर्न आग्रह गरेपछि बैठक सारिएको हो ।