सरकार छाड्ने तयारीमा माओवादी, आन्तरिक छलफलमा जुट्यो
न्युजभित्तो/१३ फाल्गुन २०७८, शुक्रबार १२:२२
काठमाडौं,१३ फाल्गुन। नेकपा (माओवादी केन्द्र) ले नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार छाड्ने तयारी गरेको छ भने सरकारबाट बाहिरिने तयारी गरेसंगै नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको हो ।
माओवादी केन्द्रले सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेकोले माओवादी केन्द्रको पूर्वस्थायी कमिटीका नेताहरुको बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा जारी रहेको छ ।
प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता जसरी पनि संसदवाट अनुमोदन गर्ने गरी अघि बढेकाले माओवादी केन्द्र सरकारमा नरहने निष्कर्षमा पुगेर आन्तरिक छलफलमा जुटेको हो ।