सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बर्ड–फ्लुु पुष्टि भएपछि कुखुरा नष्ट


  •    न्युजभित्तो/१२ फाल्गुन २०७८, बिहीबार ११:१७ 
  • चितवन,१२ फागुन। भरतपुर महानगरपालिका– ८ स्थित महतो पोल्ट्री इन्डस्ट्रिज प्रालिद्वारा सञ्चालित फर्ममा पालिएका सबै कुखुरा नष्ट गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रले सो फर्मको कुखुरामा बर्ड–फ्लुु पुष्टि भएपछि नष्ट गरेको हो ।

    केही दिन अघिदेखि कुखुरा मर्न थालेपछि नमूना परीक्षण गरिएको थियो । केन्द्रका निमित्त प्रमुख डा प्रभात न्यौपानेका अनुसार फर्ममा रहेका पाँच हजार ३०५ लेयर्स कुखुरा, १८ हाँस, १०० किलो दाना र १७६ अण्डा नष्ट गरिएको छ । फर्मलाई शिल गरेर नजिकै रहेको एउटा मासु पसल र वरिपरि पालिएका १८ कुखुरासमेत नष्ट गरिएको उहाँले जानकारी दिनुभयो । सो फर्ममा तीन खोर रहेका थिए ।

    एउटा खोरमा २१ महिनाका एक हजार ५०० कुखुरा रहेकोमा मरेर ४६ वटा बाँकी रहेका थियो । दोस्रोमा सात महिनाका दुई हजार ४०० कुखुरा राखिएकोमा मरेर २३२ बाँकी रहेका थिए । तेस्रोमा २८ दिनका पाँच हजार १०० कुखुरा राखिएकोमा मरेर पाँच हजार २७ बाँकी रहेको केन्द्रका प्रमुख डा न्यौपानेले जानकारी दिनुभयो । केही दिनअघि जिल्लाकै राप्ती नगरपालिका–६ मा रहेको अनिता पशुपन्छी कृषि फर्ममा बर्ड–फ्लुु देखिएको थियो । उहाँले जिल्लामा ठूलो सङ्ख्यामा कुखुरा भएकाले उच्च सावधानी अपनाउन कृषकलाई अनुरोध गरिएको बताउनुभयो । जिल्लाको पूर्वी र पश्चिम दुवै क्षेत्रमा बर्ड–फ्लुु देखिएपछि कृषकले उच्च सावधानी अपनाउन थालेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.