सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मतदान फरक फरक ठाउँमा गर्ने भए सँगै बस्न सकिंदैन : महामन्त्री थापा


  •    न्युजभित्तो/१० फाल्गुन २०७८, मंगलवार १८:५१ 
  • चितवन, १० फागुन । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले एमसिसिको मतदान फरक फरक ठाउँमा गर्ने भए सँगै बस्न नसकिने बताउनु भएको छ । भरतपुरमा आज पत्रकारहरुसँग कुरा गर्दै थापाले सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदानहरुसँगसँग सरकारमा सँगै बस्न नसकिने बताउनु भएको हो । उहाँले सरकारमा बसेर सरकारी प्रस्तावको विपक्षमा मतदान गर्नु अनैतिक र व्यवहारिक भएको बताउनुभयो ।

    प्रस्ताबको खिलापमा मतदान गरिसकेपछि हामी यो बिषयका सन्दर्भमा फरक ठाउँमा मतदान गछौं, तर सँगै जान्छौ भन्ने कुरा अनैतिक र अराजनैतिक बिषय भएको थापाको भनाई छ । उहाँले अगाडि भन्नुभयो “कि यसको पक्षमा मतदान गरेर सँगै बसौ । फरक फरक ठाउँमा मतदान गर्ने भए सँगै बस्न सकिदैन ।” थापाले भन्नुभयो “गठवन्धनमा रहेका माओवादी र समाजवादीले सरकारको बिरोधमा मतदान गर्ने भए उनीहरुको नजरमा हामी राष्ट्रघाती दलाल दलाल भयो । राष्ट्रघाती दलालसँगै कसरी सरकारमा बस्न मिल्छ ?”

    माओवादी र समाजवादी दोहोरो चरित्र भएको, राष्ट्रिय हितका सन्र्दभमा चरम असम्बेदनशील र नेपालको सन्तुलित परराष्ट्र नीतिलाई अघि वढाउने कुरामा चरम अयोज्ञ बन्ने थापाको भनाई छ । आफैले गरेका निर्णयको पक्षमा उभिन नसक्ने भए भिन्न भिन्न परिचय बोकेर सँगै बस्ने अबस्था बन्न नसक्ने उहाँको भनाई थियो ।

    उहाँले छलफल पछि सबैले एमसीसीका पक्षमा मतदान गर्ने दावी गर्नुभयो । नेकपा नेतृत्वको सरकारले ल्याएको प्रस्ताब हुबहु सदनमा ल्याईएको भन्दै उहाँले नेताहरुले पहिला सरकारमा रहँदा पनि ठिक र अहिले बिरोध गर्दा पनि ठिक भन्ने नगर्न आग्रह गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’
    अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
    सुनचाँदीको मूल्य बढ्यो
    • पर्यटकको पर्खाइमा थोरङ फेदी
    • वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
    • खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी
    • पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.