सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

टि–२० विश्वकप छनोट : यूएईले नेपाललाई दियो १७६ रनको लक्ष्य


  •    न्युजभित्तो/१० फाल्गुन २०७८, मंगलवार १७:४९ 
  • काठमाडौं, १० फागुन । आइसिसी विश्वकप टि–२० विश्वकप छनोट खेलमा नेपालसामु यूएईले १७६ रनको लक्ष्य दिएको छ । ओमान क्रिकेट एकेडेमी टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै रन १७५ जोड्यो । युएईका लागि ओपनर मोहम्मद वासिमले ७० रन बनाए । उनले ४८ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । अर्का ओपनर चिराग सुरी ४ रन बनाएर जितेन्द्र मुखियाको बलमा बोल्ड भए पनि त्यसपछि आएका भृत्य अरविन्दसँग मिलेर वासिमले ५२ रनको साझेदारी गरे ।

    अरविन्द ४६ रन बनाएर आउट भए । त्यसपछि आएका मोहम्मद उस्मानसँग मिलेर वासिमले तेस्रो विकेटका लागि ६४ रनको साझेदारी गरेका थिए । नेपालको अविनाश बोहरा र जितेन्द्र मुखियाले ३–३ विकेट तथा कप्तान सन्दीप लामिछानेले १ विकेट लिए ।

    यस खेलमा जित्ने टोली यसै वर्ष अस्ट्रेलियामा हुने ट्वान्टी-२० कपमा पुग्ने छ । दुबै टोली ८ वर्षपछि पहिलो पटक विश्वकपमा पुग्ने दाउमा छन् । नेपाल र यूएई दुबैले पछिल्लो पटक २०१४ मा ट्वान्टी-२० विश्वकप खेलेका थिए । त्यसयता दुबै टोली पहिलो पटक ट्वान्टी-२० विश्वकप पुग्ने प्रयासमा छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.