सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जसपा पनि एमसीसीको पक्षमा !


  •    न्युजभित्तो/८ फाल्गुन २०७८, आईतवार १५:४४ 
  • काठमाडौँ,८ फागुन। जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य राजकिशोर यादवले मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० प्रति आफ्नो पार्टीको पनि समर्थन रहेको जिकिर गरेका छन् । संसद बैठकपछि रातोपाटीसँग कुरा गर्दै नेता यादवले टेबल गर्नका लागि पार्टी सहमत हुनु भनेको नै एमसीसीप्रति समर्थन जनाउनु रहेको बताए । उनले भने, ‘संसदमा एमसीसी टेबल गर्नका लागि जसपाले समर्थन जनाएको हो, अब त्यसलाई पास गराउन पनि सहयोग गर्नुपर्छ ।’ एमसीसी नेपालको हितमा रहेको र नेपालमा हुने विकासलाई कसैले पनि अवरुद्ध गर्न नहुने तर्क गर्दै उनले एमसीसी पास गराउन आफ्नो पूरा समर्थन रहने बताए ।

    पार्टीले पनि एमसीसी पास गराउनका लागि पुरा शक्ति लगाउनुपर्ने बताउँदै उनले यस विषयमा नेताहरुको बीचमा छलफल भइरहेको बताए ।
    तर सोही पार्टीका संसदीय दलका प्रमुख सचेतक प्रमोद साहले रणनीतिक रुपमा संदनमा एमसीसी टेबल गर्न सहमति जनाए पनि त्यसलाई पास गर्न के गर्ने नगर्ने विषयमा पार्टीमा छलफल हुन बाँकी रहेको बताए ।
    जसपा नेपालमा एमसीसीका विषयलाई लिएर दुईवटा मत छ । संघीय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराई एमसीसी पास हुनुपर्ने पक्षमा छन् भने पार्टीका अध्यक्ष उपेन्द्र यादव एमसीसीको विपक्षमा छन् । यद्यपी यसको बारेमा पार्टीको कुनै आधिकारिक धारणा आएको छैन ।

    पार्टीका कार्यकारिणी सदस्य इस्तियाक राईले एमसीसीको बारेमा पार्टीले चाँडै निर्णय गर्नुपर्ने भन्दै अन्यथा पार्टीका सांसदहरु आआफ्नो तरिकाबाट अगाडि बढ्ने बताए । पार्टीका अधिकांश सांसद एमसीसीको पक्षमा भएको दावी गर्दै यसको बारेमा पार्टीको आधिकारीक धारणा आउनुपर्ने उनले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’
    अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
    सुनचाँदीको मूल्य बढ्यो
    • पर्यटकको पर्खाइमा थोरङ फेदी
    • वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
    • खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी
    • पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.