चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला, बाघले आक्रमण गरेको आशंका
न्युजभित्तो/४ फाल्गुन २०७८, बुधबार १९:२७
चितवन, ४ फागुन । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैंडाका माउ र बच्चा मृत अवस्थामा फेला परेका छन् । सिसुवार मध्यवर्ती सामुदायिक वनमा आज मरेको अवस्थामा फेला परेका हुन् ।
अन्दाजी २२ वर्षको पोथी गैंडा र चार महिनाको पोथी बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार बच्चा र माउको शरीरमा बाघको नङ्ग्राले चिथोरिएका जस्ता घाउहरु देखिएकाले बाघको आक्रमणमा परी मरेको आशंका गरिएको हो । माउलाई भालेले आक्रमण गरेको हुन सक्ने उहाँको अनुमान छ । थप अनुसन्धान भईरहेको उहाँले बताउनुभयो । ती गैंडाका खाग र खुर सुरक्षित रहेका छन् ।
चालु आर्थिक वर्षमा निकुञ्ज र आसपासका क्षेत्रमा २७ गैंडा मरेका छन् । जसमध्ये दुई वटा चोरीशिकारीले, एक मानवीय त्रुटीका कारणले र २४ वटा प्राकृतिक कारणले मरेका हुन् । पछिल्लो समय प्राकृतिक कारणले मर्ने गैंडाको संख्या पनि बढ्दै गएको छ ।

(सांकेतिक फाईल तस्वीर)