सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्थानीय चुनावमा राष्ट्रिय दलको मान्यता पाएका ६ वटा पार्टीले मात्रै दलीय चुनाव चिह्न पाउने


  •    न्युजभित्तो/४ फाल्गुन २०७८, बुधबार १०:१७ 
  • काठमाडौं, ४ फागुन । आगामी स्थानीय तहको चुनावमा ६ वटा राजनीतिक दलका उम्मेदवारहरुले मात्रै आफ्नो दलको चुनाव चिहृन पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार राष्ट्रिय दलको मान्यता नपाएका राजनीतिक दलका उम्मेदवारहरुलाई आयोगले स्वतन्त्र उम्मेदवारका रुपमा चिन्ने छ । र सोही अनुसार चुनाव चिहृन प्रदान गर्नेछ ।

    राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५२ मा राष्ट्रिय दलको मान्यतासम्बन्धी व्यवस्था छ । जहाँ प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ एक सिट जितेका दलहरुलाई मात्रै राष्ट्रिय दलको मान्यता पाउने उल्लेख छ । यस्तो दलको संख्या ६ वटा छछन् । नेकपा एमाले (सूर्य), नेपाली कांग्रेस (रुख) नेकपा माओवादी केन्द्र (गोलाकारभित्रको हँसिया हथौडा)०, नेकपा एकीकृत समाजवादी (कलम), जनता समाजवादी पार्टी (छाता) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (साइकल) ।

    स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ को उपदफा ६ मा राष्ट्रिय दलका उम्मेदवारलाई मात्र दलीय निर्वाचन चिह्न दिइने व्यवस्था छ । “‘यस दफा बमोजिम निर्वाचन चिह्न वितरण गर्दा राजनीतिक दल सम्बन्धी प्रचलित संघीय कानुन बमोजिम राष्ट्रिय दलको रुपमा मान्यता प्राप्त गरेको दलको उम्मेदवारलाई मात्र सम्बन्धित दलको निर्वाचन चिह्न वितरण गरिनेछ” ऐनको दफा २६ (६) मा छ ।

    यो व्यवस्थाअनुसार ६ वटा राजनीतिक दलका उम्मेदवारले मात्रै दलीय चुनाव चिहृन पाउने भएका हुन् । अरु राजनीतिक दलले स्थानीय चुनावमा दलीय आधारमा नभई स्वतन्त्र हैसियतमा उम्मेदवार खडा गर्नुपर्छ र उसका उम्मेदवारहरुले फरक(फरक चुनाव चिह्न पाउन सक्छन् । स्थानीय तह निर्वाचन ऐन २०७३ दफा २६ को उपदफा ७ मा राष्ट्रिय दल बाहेकका उम्मेवार तथा स्वतन्त्र उम्मेवारलाई स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव चिहृन प्रदान गरिने व्यवस्था छ ।

    राष्ट्रिय दलको मान्यता नपाएका दलहरूले स्थानीय चुनावमा दलीय चुनाव चिह्न नपाउने प्रावधानको विरोध गर्दै आएका छन् । उनीहरु कानुन संशोधनका लागि दबाब दिइरहेका छन्आ योगका अनुसार स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता दर्ता चुनाव चिहृन रोज्न पाउँछन् । र उम्मेदवारहरुले माग गरेको चिहृन अर्को दल वा उम्मेदवारसँग मिलेको अवस्थामा आयोग आफैंले चिहृन तय गरिदिन्छ । आयोगका अधिकारीहरुका अनुसार जसले जुन चिहृन पहिले माग गरेको छ उसैले पाउने अवस्था बन्छ ।

    उदाहरणका लागि राष्ट्रिय जनमोर्चाको चुनाव चिहृन गिलास हो । निर्वाचन आयोगका अनुसार राष्ट्रिय जनमोर्चाको चुनाव चिहृन गिलास कसैले पनि रोज्न पाउँदैनन् । किनभने राष्ट्रिय दलको मान्यता नपाएपनि आयोगले दल दर्ता गर्दा उसलाई चुनाव चिहृन दिएको हुन्छ । जुन दल रहुन्जेल वा दलले नै नबदलुन्जेलसम्म कायम रहन्छ ।

    एउटै पालिकाको विभिन्न तहमा उम्मेदवार बन्दा एउटै दल भने पनि राष्ट्रिय दलको मान्यता नपाएका दलका उम्मेदवारहरुको फरक फरक चुनाव चिहृन हुनेछ । अर्थात, राष्ट्रिय दलको मान्यता नपाएका दलहरुका उम्मेदवार र स्वतन्त्र उम्मेदवारको हैसियत बराबर हुन्छ । राष्ट्रिय जनमोर्चा जस्ता राजनीतिक दलहरु धेरै छन् । नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक÷एक जना संघीय सांसद नै छन् । यीसहित निर्वाचन आयोगमा १०८ वटा दल दर्ता छन् । ती मध्ये ६ वटा दलका उम्मेदवारले मात्रै आगामी स्थानीय तहको चुनावमा दलीय चुनाव चिहृन पाउनेछन् ।

    राष्ट्रिय दलको मान्यता नपाएका दलका उम्मेदवारहरुलाई मतदाताले दलीय आधारमा भोट दिने सम्भावना कम हुन्छ । किनभने मतपत्रमा कुनै पनि दल वा उसका उम्मेदवारको नाम वा तस्वीर हुँदैन । उम्मेदवारको पहिचान उसले पाउने चुनाव चिहृनको आधारमा हुनेछ । मतदाताले ६ वटा राष्ट्रिय दलका उम्मेदवारलाई नचिने पनि दलीय उम्मेदवार हुन् भनेर चिन्न सक्ने भए । तर, एउटै पार्टीको उम्मेदवारले फरक फरक चुनाव चिहृन पाउँदा दलीय मत सबै उम्मेदवारले नपाउन सक्छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु
    देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान
    ‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’
    • अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
    • सुनचाँदीको मूल्य बढ्यो
    • पर्यटकको पर्खाइमा थोरङ फेदी
    • वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.