सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देशभर थप ७४७ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु


  •    न्युजभित्तो/२ फाल्गुन २०७८, सोमबार १६:५० 
  • काठमाडौँ,२ फाल्गुन।  नेपालमा पछिल्लो २४ घण्टामा ६२७९ जनामा पिसिआर परिक्षण गर्दा ४८२ जना र १४१७ जनामा एन्टीजेन परिक्षण गर्दा २६५ जना गरी जम्मा ८६९६* नमुनाको परीक्षण गर्दा ७४७* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३१९ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ४० हजार ९०२ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९६.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ८ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११९०० जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १८१ जना, ललितपुर जिल्लामा ३० जना र भक्तपुर जिल्लामा १५ जनामा कोरोना संक्रमण देखिएको छ ।

    हालसम्म नेपालमा ५३ लाख ४६ हजार ४६५ पिसिआर परीक्षण भएको छ भने १० लाख १९ हजार ६६५ एन्टीजेन परीक्षण गरिएको छ भने ११३ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर २० हजार ७३९ जना सक्रिय संक्रमित रहेका छन् ।

    आजसम्म १ करोड ८२ लाख ६१ हजार १६५ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ६५ लाख २५ हजार १५५ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै ७ लाख ४५ हजार ५१३ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ३ करोड ५५ लाख ३१ हजार ८३३ मात्रा कोरोना खोप लगाई सकिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु
    देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान
    ‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’
    • अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
    • सुनचाँदीको मूल्य बढ्यो
    • पर्यटकको पर्खाइमा थोरङ फेदी
    • वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.