बत्ती निभाएर र मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेखे हुन्छ : अध्यक्ष ओली
न्युजभित्तो/२८ माघ २०७८, शुक्रबार १७:२७
काठमाडौं, २८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तह निर्वाचनमा बत्ती निभाएर र मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न सत्ताघटक दललाई चेतावनी दिनुभएको छ । २०७४ सालको स्थानीय चुनावमा पनि सत्तागठबन्धनसँग लडेर एमाले नै सबैभन्दा ठूलो दल भएको दृष्टान्त पेस गर्दै ओलीले अबको निर्वाचनमा पनि एमाले नै ठूलो दल हुने दाबी गर्नुभएको हो । स्थानीयसँगै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि एमालेकै बहुमत हुने उहाँको दाबी छ ।
“संघीयता भन्ने तर स्थानीय तहलाई निष्प्रभावी बनाउन चाहनेहरू छन्” स्थानीय तह निर्वाचन तयारीबारे प्रशिक्षणको भर्लुअल माध्यमबाट उद्घाटन गर्दै अध्यक्ष ओलीले भन्नुभयो “अहिले पनि केही दल स्थानीय तह निर्वाचनको पक्षमा छैनन्, तर हामीले उनीहरूलाई पनि तानेर निर्वाचनमा ल्याउँनुपर्नेछ ।”
संविधान दिवसलाई कालो दिन भन्नेहरूले त्यसको रस चुसिरहेको ओलीले आरोप लगाउनुभयो । स्थानीय तह लोकतन्त्रको खम्बा हो भन्दै उहाँले भन्नुभयो “यो उपलब्धीलाई अझ बलियो बनाउन आवश्यक छ ।”
अहिलेको सत्ता गठबन्धनले स्थानीय तहको मर्म नै नबुझेको आरोप लगाउँदै ओलीले भन्नुभयो “गठबन्धनकारीले स्थानीय तहको मर्म नै बुझेका छैनन्, एमालेले जोडबल नगरेको भए अहिले पनि निर्वाचनको मिति तोकिँदैनथ्यो ।”
ओलले पार्टी फुटाएर अर्को पार्टीमा लागेकालाई एमालेमै फर्कन पनि आग्रह गर्नुभयो । उहाँले भ्रमवश अर्को पार्टीमा लागेकालाई फर्कन आग्रह गर्नुभएको हो ।