सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कमल थापा बाहिरिएपछि संगठन सुदृढीकरणमा जोड दिँदै राप्रपा


  •    न्युजभित्तो/२८ माघ २०७८, शुक्रबार १२:३२ 
  • काठमाडौँ,२८ माघ। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले संगठन सुदृढीकरणलाई जोड दिने भएको छ । पार्टीका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट बाहिरिँदै गणतान्त्रिक पार्टी स्थापना गर्न गृहकार्य थाल्दै गर्दा सो राप्रपाले चाहिँ संगठन सुदृढिकरणमा जोड दिने भएको हो । जसअनुसार पार्टीको विस्तारित बैठक हुन बाँकी प्रदेशहरूमा विस्तारित बैठक गरिनेछ भने आगामी फागुनदेखि ७७ वटै जिल्लामा सानाठूला २०० भन्दा बढी आमसभा तथा सभाहरू गर्ने तयारी गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    यस्तै अध्यक्ष राजेन्द्र लिङ्देनले संगठनलाई चलायमान र मजबुत बनाउन देश दौडाहा पनि गर्नेछन् । जसअनुसार शुक्रबार अध्यक्ष लिङ्देन गृह जिल्ला झापाका लागि प्रस्थान गर्ने कार्यक्रम छ । सो क्रममा लिङ्देनले झापामा आयोजित पार्टी प्रवेश कार्यक्रम र प्रदेश १ का नेता कार्यकर्ता भेटघाट र बैठकहरूमा सहभागी हुनेछन् । उसो त राप्रपा परित्याग गरेका कमल थापाले पनि देश दौडाहा थालिसकेका छन् । सोहीअनुसार थापा पनि प्रदेश नम्बर १ कै जिल्ला भ्रमणमा रहेका छन् ।

    गत मङ्सिर दोस्रो साता अध्यक्षमा निर्वाचित भएपछि लिङ्देनले समान विचारधारा र एजेण्डा बोकेका पार्टी, संघसंगठन र व्यक्तिसँग एकता वा सहकार्य गर्ने बताएका थिए । त्यसयता विवेकशील साझा पार्टीसँग लिङ्देनले वार्ता गरेको भए पनि खासै प्रगति भने देखिँदैन ।

    यहीबीचमा बुधबार बसेको पार्टी पदाधिकारी बैठकले स्थानीय तहलक्षित अभियानलाई सशक्त बनाउने निर्णय बैठकले गरिसकेको छ । श्रेष्ठका अनुसार आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई सफलता हासिल गर्न महामन्त्री एवं स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकद्वारा प्रस्तुत स्थानीय तह निर्वाचन विशेष कार्ययोजनाबारे छलफल भएको थियो । जसअनुसार पार्टीको संगठन सुदृढ र क्रियाशील तुल्याउने, सबै स्थानीय तहमा उम्मेदवार खडा गर्ने, पार्टीको नीति, विचार, सिद्धान्त र कार्ययोजना बारे आम जनतालाई जागरूक गराउन देशव्यापी घरदैलो कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णय भएका छन् ।

    लिङ्देन समूहले कमल थापाले पार्टी छाडेर गम्भीर भूल गरेको निष्कर्ष निकाल्दै यसबारे भण्डाफोर गर्ने समेत जनाएको छ । ‘स्पोर्टस्म्यान स्प्रिट भन्ने तर आफै शक्तिमा रहनुपर्छ भन्ने सोच उहाँमा देखियो । निर्वाचनको परिणामलाई क्षतविक्षत बनाउने गम्भीर अपराध कमल थापाबाट भएको छ’, राप्रपाका एक नेताले भने । ३१ वर्षसम्म साथ लिएका लिङ्देनलाई कमल थापाले एक मिनेट पनि साथ नदिई निर्वाचनको परिणाम मत परिणाम घोषणाअघि नै थापाले परिस्थितिलाई गिजोलेका ती नेताको आरोप छ । थापाले मंगलबार राप्रपा परित्याग गरेका थिए भने उनले नयाँ पार्टी दर्ताको पहल थालेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.