सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाल्पा दरबार सङ्ग्रहालय पर्यटकको आकर्षण केन्द्र बन्दै


  •    न्युजभित्तो/२६ माघ २०७८, बुधबार १६:५८ 
  • पाल्पा,२६ माघ। गुल्मी रुरु क्षेत्र गाउँपालिका थोर्गाकी राधिका भण्डारी केही वर्षदेखि काठमाडौँमा बसोबास गर्दै आउनुभएको छ । काठमाडौँमा बस्न थालेपछि उहाँ ग्रामीण क्षेत्रमा उत्पादित वस्तु तथा पुराना संरचना बिर्सिसकेका थिए । सङ्ग्रहालयमा ऐतिहासिक सम्पदाहरु देख्दा मनै लोभ्याएको छ ।

    पाल्पा दरबार सङ्ग्रहालयमा अवलोकनका लागि प्रवेश गरेपछि बालापनको सम्झना आयो । बाल्यकालमा डोको नाम्लो, हँसिया, बन्चरो, हलो, जुगा, ग्रागी ताउला तथा ऐतिहासिक वस्तुहरुको अवलोकन गर्न पाउँदा खुसी लागेको भण्डारीले बताए ।

    ग्रामीण क्षेत्रमा रहेका पुराना वस्तुहरु देख्न मुस्किल भएको हो । बाउबाजेको पालाका सामग्रीहरु देखेर अहिले मनै लोभिन्छ, तस्बिरसमेत खिचेर रमाउन आतुर हुनेहरुमा कमी छैन । पाल्पा दरबार सङ्ग्रहालयको प्रदर्शनी कक्षमा यस क्षेत्रको इतिहास र संस्कृति झल्कने विभिन्न सामग्रीहरु राखिएको छ ।

    पाल्पा दरबार २०६२ साल माघ १८ गते तत्कालीन विद्रोही नेकपा माओवादीको आक्रमणबाट क्षतिग्रस्त भएको थियो । अहिले लुम्बिनी प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत सो दरबारमा सङ्ग्रहालय सञ्चालनमा रहेको छ ।

    क्षतिग्रस्त पाल्पा दरबार निर्माण पूरा भएपछि २०७२ साल मङ्सिर ३ गते पाल्पा दरबारलाई सङ्ग्रहालय स्थापना गर्ने सरकारले निर्णय गरेको थियो । सङ्ग्राहलयको विकास भएसँगै लुम्बिनी प्रदेशकै पर्यटकीय गन्तव्यका रुपमा विकास भएको तानसेनका स्थानीय बासिन्दा दिवाकर अर्यालले बताए ।

    विस २०७३ फागुन १५ गते दरबार सङ्ग्रहालयको उद्घाटन भएको थियो । तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयको आर्थिक सहयोगमा २०७० सालमा पुरानै शैलीमा पाल्पा दरबारको पुनर्निर्माण सम्पन्न भयो । क्षतिग्रस्त हुनभन्दा अघि सो दरबारमा जिल्ला प्रशासन कार्यालय, मालपोत, सरकारी वकिलको कार्यालय र प्रमुख जिल्ला अधिकारीको निवासलगायतका संरचना रहेको थियो ।

    पाल्पामा तैनाथवाला प्रतापशमशेर राणा १९८२ सालदेखि १९८९ सालसम्म निर्माण गरिएको संरचना हो, पाल्पा दरबार । प्रतापशमशेर राणाको मृत्युपछि यो दरबार प्रयोगविहीन अवस्थामा रहेको थियो । बेलायती शैलीमा बेलायती इन्जिनियरको डिजाइनमा निर्माण गरिएको पाल्पा दरबार राजा महेन्द्रले विसं २०१५ मा प्रशासनिक कार्यालयका लागि सञ्चालनमा ल्याएका थिए ।

    पाल्पा दरबार सङ्ग्रहालयका कर्मचारी चन्द्रबहादुर ओलीका अनुसार पाल्पा दरबार सङ्ग्रहालयमा देश तथा विदेशबाट पर्यटकहरु अवलोकन गर्न आउने गरेको बताए । पहिला निकै पर्यटकहरु आउने गरेकामा अहिलो कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण यसमा केही कमी आएको उहाँको भनाइ छ । ऐहिासिक महत्व बोकेको पाल्पा दरबार सङ्ग्रहालय कोरोना महामारीका करण अहिले बन्द गरिएको छ ।

    पाल्पा दरबार सङ्ग्रहालयभित्र बीचको तल्लामा जनजाति, थारू, मगर जातिको पहिचान झल्ने वेशभूषा रहेका छन् । माथिल्लो तल्लामा नेपाल अङ्ग्रेज युद्धमा प्रयोग भएका तोप, हातहतियार, नेपाली सैनिकका पोसाकहरु राखिएका छन् । तल्लो तल्लामा पाल्पा आसपासका क्षेत्रका तस्बिर राखिएको छ ।

    राणाकालीन समयमा पाल्पा राजनैतिक तथा प्रशासनिक केन्द्रसमेत रहेको थियो । प्रतापशमशेर राणाले स्थापना गरेकोे पाल्पा दरबार, प्रशासनिक कार्यालय, अहिले सङ्ग्रहालयका रुपमा विकास गरिएपछि पाल्पा पर्यटकीय आकर्षण केन्द्र बनेको छ ।

    देववाणी संस्कृति तथा साधारण माविका शिक्षक शेषनारायण चालिसेले पाल्पा दरबार पाल्पाको मात्र पहिचान नभई नेपाल मुख्य सम्पदाका रुपमा रहेको बताउनुभयो । दरबारमा रहेको ऐतिहासिक वस्तुले नेपालीपनको झल्को प्रदान गरेकाले पछिल्लो पुस्तामा ज्ञानको समेत सङ्ग्रहालय रहेको उनले बताए ।

    विद्यालयका कतिपय विषयको अभ्यास शिक्षण गर्न यो दरबार निकै महत्वपूर्ण संरचनाको रुपमा विकास भएको उनले बताए । ऐतिहासिक वस्तुहरुको पहिचानका लागि देशका विभिन्न क्षेत्रबाट शिक्षक तथा विद्यार्थीहरु यहाँ घुइँचो लाग्ने गरेको छ ।

    पाल्पा दरबारलाई सङ्ग्रहालयका रुपमा विकास गरेपछि पर्यटन आगमनले पाल्पालीलाई थप उत्साह थपेको स्थानीय बासिन्दा तीर्थप्रसाद गौतमले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.