सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

९ अर्ब ५० करोड विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक


  •    न्युजभित्तो/२४ माघ २०७८, सोमबार ११:०५ 
  • काठमाडौँ,२४ माघ। नेपाल राष्ट्र बैंकले साढे ९ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले आगामी बुधबारदेखि दुई वर्षका लागि ‘विकास ऋणपत्र २०८० ‘च’ जारी गर्ने भएको हो । सोमबार एक सूचना जारी गर्दै बैंकले बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकलाई उक्त विकासपत्र खरिदका लागि आह्वान गरेको छ ।

    इच्छुक खरीदकर्ताले मंगलबार दिउँसो ३ बजेसम्म विकासपत्र खरिदका लागि दरखास्त दिन सक्नेछन् । अनलाइन बोल कबोलमार्फत जारी गरिने यस विकास ऋणपत्र राष्ट्र बैंकको वेबसाइटबाटै आवेदन दिन सकिनेछ ।

    बैंकका अनुसार प्रतिस्पर्धाका आधारमा बिक्री गरिने भएपनि यस विकास ऋणपत्रलाई प्रतिस्पर्धी र अप्रतिस्पर्धी गरी दुई भागमा विभाजन गरिएको छ । जसमा कुल विकास ऋणपत्रको अधिकतम ८५ प्रतिशत प्रतिस्पर्धी बोलवालाहरुलाई र १५ प्रतिशत विकास पत्र अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.