सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाथीभरा क्षेत्रमा हिमपात


  •    न्युजभित्तो/२१ माघ २०७८, शुक्रबार १५:०८ 
  • फुङ्लिङ, २१ माघ। ताप्लेजुङमा यस वर्ष चौथो पटक हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा समेत बाक्लो हिमपात भएको छ ।

    हिमपातले बाटो अवरुद्ध भएपछि तीर्थयात्रीलाई मन्दिरसम्म पुग्न समस्या भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताउनुभयो । उहाँले भन्नुभयो, “आज ३० तीर्थ यात्री पाथीभरा मन्दिर क्षेत्र प्रवेश गरेका छन् । हिमपात जारी छ । हिउँले बाटो पूरै छोपिएको छ ।”

    पाथीभरामा जानुभन्दा पनि फकिर्न समस्या हुने गरेको महतले बताउनुभयो । मन्दिर पुगेर फर्किने समयमा बाटो ओरालो पर्दछ । ओरालो बाटोमा हिउँमा चिप्लिने समस्या हुन्छ । पाथीभरा क्षेत्रमा बिहीबार रातिदेखि नै हिमपात सुरु भएको हो । समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–७ याङमा समेत हिमपात भएको छ । हिमपातका कारण चिसो अत्यधिक बढेको छ । बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएको घुन्साका केल्साङ शेर्पाले जानकारी दिनुभयो । हिमपातले जनजीवन प्रभावित हुनाका साथै पशुचौपायसमेत प्रभावित बनेको उहाँले बताउनुभयो ।

    त्यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटरमा अवस्थित ओलाङचुगोला र भले, ग्याप्ला बस्तीमा पनि बाक्लो हिमपात भएको छ । मिक्वाखोला गाउँपालिका–६ तोक्पेगोला र पापुङ बस्तीमा हिमपात अझै जारी रहेको मिक्वाखोला गाउँपालिका–६ का वडाध्यक्ष डन्डु शेर्पाले बताउनुभयो । सदरमुकाम फुङ्लिङ बजारमा पनि चिसो बढेको छ । यसअघि पहिलो पटक पुस १३ र १४ गते दोस्रो पटक पुस २९ गते तथा तेस्रो पटक यही माघ ७ गते हिमपात थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.