जेठ महिनाभित्र स्थानीय तहको चुनाव गर्ने सत्ता गठबन्धनको निर्णय
न्युजभित्तो/१५ माघ २०७८, शनिबार १८:३७
काठमाडौं, १५ माघ । सत्ता गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ । गठबन्धन बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रवहादुर कार्कीले जेठ महिनाभित्र स्थानीय चुनाव सम्पन्न हुने बताउनुभयो ।
मिति तोक्नका लागि सरकारलाई निर्वाचन आयोगसँग छलफल गरी तय गर्न सुझाव दिएको पनि उहाँले बताउनुभयो । जेठ महिनाभित्र मै स्थानीय तहको निर्वाचन सम्पन्न हुने उहाँले प्रष्ट पार्नुभयो । उहाँले संविधानसँग बाँझिएका कानूनहरुलाई संशोधन गर्नुपर्ने भए त्यसको तयारीका लागि पनि सरकारलाई सुझाव दिएको जानकारी दिनुभयो ।