सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सत्ता गठबन्धन संविधान मास्न अग्रसर भयो, सशक्त आन्दोलनमा उत्रिनुहोस् : अध्यक्ष ओली


  •    न्युजभित्तो/१५ माघ २०७८, शनिबार १२:०६ 
  • काठमाडौं, १५ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन संविधान मास्न अग्रसर भएकाले सशक्त आन्दोलनमा उत्रिनु भ्रातृ संगठनहरुलाई निर्देशन दिनुभएको छ । स्थानीय तहको निर्वाचन नगराउने षड्यन्त्र भइरहेको भन्दै उहाँले चुनावका लागि सरकारलाई बाध्य पार्नेगरी आन्दोलनमा उत्रिन निर्देशन दिनुभएको हो ।

    अध्यक्ष ओलीले शुक्रबार पार्टीका केही नेता र जनसंगठनका प्रमुखहरुलाई बोलाएर स्थानीय तहको चुनावका लागि दबाबमूलक आन्दोलनको तयारी गर्न निर्देशन दिनुभएको हो । चुनाव नगर्ने विषय निकै संवेदनशील भएकाले यसलाई सामान्यरुपमा लिन नहुने ओलीको भनाइ थियो ।

    एमाले संगठन विभागका प्रमुख खगराज अधिकारी, जनसंगठन समन्वय संयन्त्रका इन्चार्ज भानुभक्त ढकाल, युवा नेताहरु गोकुल बास्कोटा, महेश बस्नेत, माधव ढुंगेललगायत जनवर्गीय संगठनका नेताहरुसँगको छलफलमा अध्यक्ष ओलीले सशक्त आन्दोलनमा उत्रिन निर्देशन दिनुभएको हो ।

    सत्ता गठबन्धन स्थानीय चुनाव नगर्ने र संविधान मिच्ने काममा खुलेआम लाग्दा पनि एमालेका जनवर्गीय संगठनहरुले सशक्त प्रतिवाद नगरेकोमा ओलीले असन्तुष्टि जनाउनुभयो । अध्यक्ष ओलीको निर्देशनलगत्तै आज शनिबार जनसंगठन समन्वय संयन्त्रको बैठक बस्दैछ ।

    भेटमा सहभागी एक नेताका अनुसार सो अवसरमा अध्यक्ष ओलीलु भन्नुभयो “सत्ता गठबन्धन खुलेआम संविधान मिच्न र चुनाव नगर्ने खेलमा छ । हामीले चुनाव गराउन खोज्दा प्रतिगमन भनियो । अहिले संविधान नै मान्दिनँ भनेर सत्ता गठबन्धन लाग्दा पनि विरोधको स्वर सानो मात्र सुनिन्छ । तपाईहरु तुरुन्तै आन्दोलनको तयारीमा लाग्नुस् ।”

    जनसंगठन समन्वय संयन्त्रको बैठकले स्थानीय तह चुनावको पक्षमा माहोल बनाउन आन्दोलनका कार्यक्रमहरु तय गर्ने बताइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.