सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्थानीय चुनावबारे सत्ता गठबन्धनको बैठक अनिर्णित, आजै दोस्रो बैठक बस्ने


  •    न्युजभित्तो/१५ माघ २०७८, शनिबार १२:०० 
  • काठमाडौं, १५ माघ । स्थानीय तहको निर्वाचन वैशाखभित्रै गराउन दबाब बढिरहेका बेला सत्ता गठबन्धनको बैठकमा पनि संसदीयभन्दा पहिले नै स्थानीय चुनाव गराउनेबारे छलफल भएको छ ।

    आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा स्थानीय चुनाव गराउनेबारे छलफल भए पनि कहिले गर्ने भन्ने टुंगो नलागेको नेताहरुले बताएका छन् । यसबारेमा आजै अपराह्न फेरि बैठक बसेर एउटा निष्कर्षमा पुगिने सत्ता गठबन्धनका नेताहरुले बताएका छन् ।

    नेपाली कांग्रेसभित्र चुनाव सार्न नहुने मत बलियो भएका कारण प्रधानमन्त्री शेरबहादुर देउवा दबाबमा छन् । चुनाव सार्नु वा वैशाखमा नगर्नु संविधानविरुद्ध हुने भएकाले कांग्रेसले संविधानविरुद्ध जान नहुने नेताहरुको भनाइ छ । प्रचण्ड र माधव नेपाललाई समेत मनाएर समयमै चुनाव गर्नेगरी छलफल सकारात्मक ढंगले अघि बढेको बैठकमा सहभागी कांग्रेस नेताले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.