सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ब्राजिल बराबरीमा रोकियो, अर्जेन्टिना विजयी


  •    न्युजभित्तो/१४ माघ २०७८, शुक्रबार १२:१६ 
  • काठमाडौं, १४ माघ । आगामी नोभेम्बरमा कतारमा हुने फिफा विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले इक्वेडरसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ ।

    खेलको छैटौं मिनेटमै कासेमिरोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर ७५औं मिनेटमा फेलिक्स टवरेसले इक्वेडरका लागि बराबरी गोल फर्काए ।

    नाटकीय रुपमा अन्त्य भएको खेलमा ब्राजिलका गोलकिपर एलिसनले दुई पटक रातो कार्डको सामना गरे पनि भिएआरले उल्टाइदिएको थियो । रातो कार्डको निर्णय उल्टिएपछि इक्वेडरले पेनाल्टीको अवसर गुमायो ।

    यद्यपि खेलमा दुवै टिमका एक-एक खेलाडी रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । खेलको १५औं मिनेटमा इक्वेडरका गोलकिपर एलेजेन्डर डोमिनग्वेज दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसको पाँच मिनेटपछि नै ब्राजिलका इमरसन रोयल पनि दोहोरो पहेँलो (रातो) कार्डको सामना गर्दै मैदानबाट बाहिरिएपछि दुवै टोली १० खेलाडीमा समेटिएको थिए ।

    ब्राजिलयन गोलकिपर एलिसनलाई रेफ्री विल्मार रोल्डनले खेलको १९औं र ९०औं मिनेटमा रातो कार्ड देखाए पनि भिएआरले उल्टाइदियो । ९०औं मिनेटमा एलिसनले दोस्रो पटक रातो कार्ड पाउँदा इक्वेडरले पेनाल्टीको अवसर पनि पाएको थियो तर भिएआरले एलिसनको रातो कार्डको निर्णय उल्टाउँदा इक्वेडर पनि पेनाल्टीबाट बन्चित भयो र ब्राजिल सम्भावित हारबाट जोगिएको थियो ।

    यसअघि नै कतार विश्वकपका लागि छनोट भइसकेको ब्राजिल दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा छ । ब्राजिलको १४ खेलबाट ३६ अंक छ । इक्वेडर १५ खेलबाट २४ अंकसहित तेस्रो स्थानमा छ ।

    अर्को खेलमा लिओनल मेसी बिनाको अर्जेन्टिनाले चिलीलाई २-१ ले पराजित गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा तीनै गोल पहिलो हाफमा भएको थियो ।

    अर्जेन्टिनाका लागि एन्जल डि मारियाले खेलको दशौँ र लाउटारो मार्टिनेजले ३४औंमिनेटमा गोल गरे । चिलीका लागि बेन बेरेटेनले २१औं मिनेटमा गोल गरेका थिए ।

    ब्राजिलसंगै अर्जेन्टिना पनि यसअघि नै विश्वकपका लागि छनोट भइसकेको छ । अर्जेन्टिना १४ खेलबाट ३२ अंकसहित दोस्रो स्थानमा छ । चिली १६ अंकसहित सातौं स्थानमा छ ।

    छनोटकै अर्को खेलमा उरुग्वेले पाराग्वेलाई १-० ले पराजित गरेको छ । उरुग्वेका लागि लुइस सुआरेजले खेलको ५०औं मिनेटमा गोल गरेका थिए ।

    जितपछि उरुग्वे १५ खेलबाट १९ अंक जोडेर चौथो स्थानमा उक्लेको छ । पाराग्वे १५ खेलबाट १३ अंकसहित नवौं स्थानमा छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.