सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय सभाको बैठक माघ १७ गतेका लागि आह्वान


  •    न्युजभित्तो/१३ माघ २०७८, बिहीबार १४:४७ 
  • काठमाडौं, १३ माघ । राष्ट्रिय सभाको बैठक माघ १७ गते सोमबारका लागि आह्वान भएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेको मागबारे सरकार र संघीय संसद् सचिवालयले ठोस निर्णय गर्न नसक्दा संघीय संसदका दुबै सदनका बैठक पेण्डुलम बनेका छन्।

    प्रतिनिधि सभाको बैठक पनि सहज बन्न सकेको छैन। सूचना टाँसेर बारम्बार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक माघ १६ गते आइतबारका लागि बोलाइएको छ।

    सरकारले एजेण्डा दिन नसकेको र एमालेको अवरोधसमेत कायम रहेपछि राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो। गत माघ ३ गतेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित भएको थियो।

    संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले बिहीबार एक सूचना निकाल्दै राष्ट्रिय सभाको बैठक आगामी सोमबार दिनको एक बजेका लागि आह्वान भएको जानकारी दिए। एमालेको माग सम्बोधन सम्बन्धमा कुनै सहमति हुन नसकेपछि राष्ट्रिय सभाको आगामी बैठकसमेत बस्ने नबस्ने अन्योल कायमै छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.