चितवन, १३ माघ । वर्षेनी वर्षातको समयमा मानव वस्ती पस्ने नारायणी नदीमा रु. चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण कार्य शुरु भएको छ । तटबन्धन निर्माणका लागि पहिलो खण्डको बोलपत्र आव्हान भईसकेको हो । बाँकी चार खण्डको आउँदो दुई साताभित्र बोलपत्र आव्हान गर्ने गरी काम अघि बढाईएको छ ।
सिचाई बिभागका महानिर्देशक शुशिलचन्द्र आचार्यका अनुसार दुई साताभित्र सबै खण्डको बोलपत्र आव्हान भईसक्ने छ । उहाँका अनुसार पहिलो खण्ड भरतपुर महानगरपालिका वडा नं. २६ र २७ मा पर्ने पाँच किलोमिटर ६७२ मिटरको बोलपत्र भईसकेको छ । अन्य खण्डको बोलपत्र प्रकाशनको तयारी गरिएको छ । उहाँले भन्नुभयो “बोलपत्रको आबश्यक प्रकृयागत कामहरु भईरहेका छन् । १०÷१२ दिनमा सबै बोलपत्र प्रकाशन हुन्छ ।”यस अघिको भन्दा भिन्न रुपमा डिजाइन गरेर तटबन्धन बलियो वनाउन लागिएको उहाँको भनाई छ । पहिले तटबन्धनमा ढुङ्गा र जाली मात्र प्रयोग गरिएकोमा अहिले कंक्रिट ब्लक समेत राखेको उहाँले जानकारी दिनुभयो ।
पाँच खण्डमा विभाजन गरेर बोलपत्र आव्हान गरिंदै छ । हरेक वर्ष बाढीले दुःख दिने गरेको सिसई क्षेत्रको बोलपत्र चाँडो प्रकाशित गरिएको हो । यसै वर्षको वर्षातमा बाढी रोक्न सकियोस् भनेर काम थालिएको हो ।
नारायणी नदी तटवन्धन व्यवस्थापन आयोजना भरतपुरका सिनियर डिभिजनल इन्जिनियर शिबजी साहका अनुसार कंक्रिटको ब्लक, जाली र साना ठूला ढुंगा राखेर त्यहाँ तटबन्ध गरिंदै छ । तीन मिटरदेखि चार दशमलब पाँच मिटरसम्म उचाईको तटबन्ध गरिंदै छ । अहिले लगाएका ठेक्काको काम तीन बर्ष भित्रमा सम्पन्न हुने छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अर्थ मन्त्रालयबाट बजेट सुनिश्चितता भईसकेकाले अब बहुवर्षिय ठेक्का मार्फत् काम सम्पन्न हुने बताउनुभयो । नारायणी नदी तटबन्ध गरी पश्चिम चितवनलाई सुरक्षित गराउन सम्बन्धित निकायमा निरन्तर रुपमा लागि परेकै कारण उपलब्धी भएको उहाँको भनाई छ ।
नदी तटवन्धनका लागि गुरुयोजना तयार भएको छ । गुरुयोजनालाई सिंचाई बिभागले स्विकृत गरी अर्थमन्त्रालय पठाएको हो । जसमा चितवन र नवलपरासी तर्फ तटवन्धनका लागि रु २३ अर्ब ५८ करोड ४३ लाख खर्च लाग्ने प्रस्तावित लागत आएको छ । जस मध्य पहिलो चरणमा रु ५ अर्बको कामका लागि बहुबर्षिय खरिद कार्य अघि वढाउन बजेट सूनिश्चितताका लागि अर्थ मन्त्रालयमा फाइल पठाईएको थियो ।
बर्षातको समयमा ठूलो जोखिम निम्तिने गरेपछि महानगरपालिकाले सम्बन्धित निकायहरुमा ध्यानाकर्षण गराउँदै आएको थियो । केही महिना अघि सोही क्षेत्रका सांसद एवं पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा अर्थमन्त्री र सचिवले सार्बजनिक कार्यक्रममा तटवन्धको काम तत्काल अघि वढ्ने प्रतिवद्यता समेत व्यक्त गरेको प्रमुख दाहालले वताउनुभयो ।
महानगरपालिकाले विकास वहस नाम दिएर गरेको कार्यक्रममा उर्जा, जलश्रोत तथा सिचाई मन्त्रीको समेत उपस्थिति रहेको थियो । नारायणी नदी तटवन्ध गरिएसँगै पश्चिम चितवनको धेरै भाग सुरक्षित हुने र वगरमा परिणत भएको धेरै जमिन उपयोगमा ल्याउन सकिने प्रमुख दाहालको भनाई छ । बहु बर्षिय आयोजनाको रुपमा सो रकम सुनिश्चित भएसँगै आउँदा वर्षहरुमा थप रकम निकाशा गराउन सहज हुने र गुरुयोजना अनुसार काम सम्पन्न गर्न सकिने उहाँले जानकारी दिनुभयो ।
गुरु योजनाअनुसार काम हुँदै गर्दा भरतपुर महानगरपालिकाको नारायणी नदी तर्फको सबै भूभाग सुरक्षित हुने छ ।
बिगत १० वर्ष देखि तटवन्ध थालिए पनि वजेट अभावमा काम हुन नसकेको नारायणी नदी तटवन्धनमा एकै पटक ठूलो रकमको सुनिश्चितता भएको हो । आर्थिक वर्ष २०६६÷०६७ बाट निरन्तर काम भईरहे पनि हाल सम्म रु १ अर्ब ८३ करोड मात्र बिनियोजन हुँदा काम प्रभावकारी हुन सकेको थिएन ।
नारायणी नदी तटवन्धन व्यवस्थापन आयोजना भरतपुर मार्फत काम हुँदै आएको छ । यस आयोजनाले नारायणी नदीको तटवन्धलाई मुख्य प्राथमिकता दिएर काम गरिरहेको छ । नारायणी नदीले चितवन तर्फ भरतपुर महानगरपालिका र नवलपरासी तर्फ गैंडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु नगरपालिका एबं बिनयत्रिवेणी गाउँपालिका प्रभावित हुँदै आएको छ ।
कार्यालयका सिनियर डिभिजनल इन्जिनियर दिनेश पौडेलका अनुसार गुरु योजना अनुसार चितवन तर्फ ३५ किलोमिटर र नवलपरासी तर्फ ५७ किलोमिटर तटवन्ध र स्पर निर्माण गरिने छ । चितवनका लागि रु ९ अर्ब ५५ करोड र नवलपरासीका लागि रु १४ अर्ब ४३ करोड खर्च लाग्ने प्रस्तावित लागत रहेको छ ।
हालसम्म चितवन तर्फ १५ किलो मिटर र नवलपरासी तर्फ ११ किलोमिटर तटवन्ध गरिसकिएको छ । नदी तटवन्ध गरिदैं गर्दा १ लाख ९८ हजार ६ जना प्रत्यक्ष रुपबाट लाभान्वित हुने छन् । १४ हजार १९ हेक्टर जमिन डुवानबाट बच्ने छ भने कम्तिमा ८० हेक्टर जमिन संरक्षण गरी उपयोगमा ल्याउन सकिने छ ।
नारायणी नदीमा धेरै वाढी आउँदा १४ हजार ४ सय ३ क्यूविक मिटर प्रतिसेकेण्ड पानीको वहाब रहने गरेको अध्ययनले देखाएको कार्यालयले जनाएको छ । वर्षातको समयमा जिल्ला विपत व्यवस्थापन समितिको बैठक मुख्य रुपमा नारायणीमा आएको बाढीबाट स्थानीयलाई सुरक्षित राख्ने विषयमा केन्द्रीत हुने गर्दछ ।