राष्ट्रियसभा निर्वाचनमा १९ सिट नै सत्तारुढ गठबन्धनले जित्ने नेपालको दाबी
न्युजभित्तो/१२ माघ २०७८, बुधबार १४:३४
काठमाडौं,१२ माघ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनमा १९ सिट नै सत्तारुढ गठबन्धनहरूले जित्ने दाबी गरेका छन्।
बुधबार पार्टी कार्यालय शान्तिनगरमा विभिन्न पार्टीबाट आएका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। अध्यक्ष नेपालले एकैपटक तीन वटा तहको निर्वाचन गराउन सके खर्च कम लाग्ने बताएका छन्।
यस विषयमा विज्ञहरूसँग विस्तृत छलफल गरिरहेको बताएका छन् । उनले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन संविधानलाई सर्वोपरि राखेर सम्पन्न गर्नुपर्ने बताए ।