सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देउवाले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिस्कार, ओलीले पत्रकार सम्मेलन गर्ने


  •    न्युजभित्तो/८ माघ २०७८, शनिबार ११:०२ 
  • काठमाडौं, ८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बहिस्कार गर्ने भएको छ । चुनावबारे छलफल गर्नका लागि भनिएपनि स्थानीय तहको निर्वाचन नगर्ने नियतले बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने एमालेले बताएको छ ।

    सर्वदलीय बैकठ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान साढे ९ बजे बस्दैछ । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।

    सर्वदलीय बैठक बोलाउनुअघि कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले हिजो शुक्रबार साँझ पार्टीका नेताहरूसँग छलफल गरेका थिए । यसअघि पनि एमालेले सत्ता गठबन्धनले बोलाएको सर्वदलीय बैठक बहिस्कार गर्दै आएको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले समसामयिक विषयमा भोलि पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधन, स्थानीय तह निर्वाचन लगायतका विषयमा भोलि पत्रकार सम्मेलनमार्फत् एमालेले आफ्नो आधिकारिक धारणा सर्वाजनिक गर्ने भएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.