सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाँच दलीय समन्वय समितिको बैठक आज बस्दै


  •    न्युजभित्तो/७ माघ २०७८, शुक्रबार १०:४१ 
  • काठमाडौं,७ माघ । स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न पाँच दलीय समन्वय समितिको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    बिहीबार बस्ने तय भएको यो बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।

    बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच छलफल भएपछि आज बैठक बस्ने तय भएको हो ।

    यसअघि गत मंगलबार बसेको समितिको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव राखेका थिए । प्रचण्डको प्रस्तावबारे सत्ता गठबन्धनका नेताहरुबीच सहमति कायम भइसकेको छैन ।

    संविधान अनुसार आगामी स्थानीय तहको निर्वाचन वैशाखमै गर्नुपर्ने सुझाव निर्वाचन आयोगले सरकारलाई दिएको छ । तर सत्ता गठबन्धनबीच पहिले संसदीय कि स्थानीय तहको निर्वाचन गर्ने भन्नेमा एकमत भइसकेको छैन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.