सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कप्तान हिमशिखरको हृयाट्रिकमा युनिकको सहज जित


  •    न्युजभित्तो/६ माघ २०७८, बिहीबार १६:३४ 
  •  

    चितवन,६ माघ । कप्तान हिमशिखर गुरुङले हृयाट्रिक गरेपछि सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा नारायणी मोटर्स युनिक क्लब बसेनीले माडी ११ लाई पराजित गरेको छ ।

    आज (बिहीबार) भएको पहिलो खेलमा युनिकले माडीलाई ४-१ ले पराजित गरेको हो । युनिकको जितमा कप्तान हिमशिखरको हृयाट्रिकसँगै सुरेस मल्लले एक गोल गरे । माडीका कप्तान विज्ञान खड्का र सुमन महतोले एक-एक गोल फर्काए ।

    खेलको १५ औं मिनेटमा हिमशिखरले गोल गर्दै युनिकलाई अग्रता दिलाएका थिए । २७ औं मिनेटमा सुरेश मल्लले फ्री किकमा सुन्दर गोल गर्दै युनिललाई दोहोरो अग्रता दिलाए ।

    ४७ औं मिनेटमा माडीका कप्तामन विज्ञानले गोल गर्दै अग्रता छोट्याए । लगत्तै ४८ औं मिनेटमा हिमशिखरले ब्यक्तिगत दोस्रो गोल गर्दै युनिकलाई ३-१ को अग्रता दिलाए । ५३ औं मिनेटमा हिमशिखरले हृयाट्रिक गरेपछि युनिकले ४-१ को अग्रता लियो।

    ६४ औं मिनेटमा माडीका सुमनले गोल गरे पनि हार टार्न सकेनन् । खेलको म्यान अफ दि म्याच युनिकका कप्तान हिमशिखर चुनिए ।

    यो जितपछि युनिक पाँच खेलबाट पाँच अंक बनाउदै तालिकाको पाचौं स्थानमा उक्लिएको छ । समान खेलबाट चार अंक बनाएको माडी तालिकाको छैटौं स्थानमा झरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.