स्थानीय चुनाव धकेल्ने प्रचण्डको प्रस्ताव हामीलाई मान्य छैनः प्रदीप ज्ञवाली
न्युजभित्तो/६ माघ २०७८, बिहीबार १५:४४
काठमाडौं, ६ माघ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तहको निर्वाचन सारिए एमालेलाई मान्य नहुने बताएका छन्।
ज्ञवालीले निर्वाचन आयोगले प्रस्ताव गरेकै समयमा स्थानीय तहको निर्वाचन हुनुपर्ने बताए । त्योभन्दा अगाडि या लगत्तै संघ र प्रदेश संसदको निर्वाचन भएमा आफूहरूलाई स्वीकार्य हुने उनले बताए ।
बुधबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धनको बैठकमा वैशाखमा संसदको र मंसिरमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
‘यो प्रस्ताव स्थानीय तहको निर्वाचन पर धकेल्ने नियतका साथ आएको छ । अर्को कुरा उहाँहरूले हिजो प्रतिनिधि सभा विघटनलाई प्रतिगमन भनेर विरोध गर्नुभयो । अहिले उहाँहरू आफ्नो भनाइविपरीत उभिन खोज्नुभयो,’ उनले भने, ‘एक वर्षअघि प्रतिनिधि सभा विघटन गर्नु र चुनाव गर्नु प्रतिगमन हुन्छ भने ६ महिना अगाडि गर्दा कसरी अग्रमन हुन्छ । त्यो संवैधानिक र कानुनी दृष्टिकोणले पनि गलत प्रस्ताव हो ।’
ज्ञवालीले सत्तारूढ दलको मनसाय स्थानीय तहको निर्वाचनलाई पर धकेल्नु रहेको बताए । स्थानीय तहमा रिक्तता सिर्जना गर्ने र लोकतन्त्रलाई कमजोर बनाउने प्रयास भएको उनको भनाइ छ ।
‘चुनाव गराउने नियतले यो कुरा आएको छैन । त्यतिबेला हामीले एउटा आधार बनाएर विघटन गरेका थियौं । हामीले वाम गठबन्धनको पक्षमा जनमत पाएका थियौं। पछि त्यो जनमत खण्डित भएकाले निर्वाचनमा जाने भनेको हो,’ ज्ञवालीले भने,’पहिला नै चुनावमा जाने हो भने विगतमा प्रतिनिधि सभा विघटन र निर्वाचनको मिति घोषणा हुनुलाई प्रतिगमन भनेर हामीले गलत गरेछौं भन्नुप¥यो।’