सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पीएम कप टी-२० फाइनल : एपीएफले पुलिसलाई दियो १५८ रनको लक्ष्य


  •    न्युजभित्तो/५ माघ २०७८, बुधबार १३:२४ 
  •  काठमाडौं,५ माघ । प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि एपीएफले पुलिस क्लबलाई जितका लागि १५८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफले १९.५ ओभरमा अलआउट हुँदै १५७ रन बनाएको हो ।

    सुरुमा केही धर्मराएको एपीएफका लागि खेलको उत्तरार्धतिर ब्याटिङमा आएका खेलाडीहरूले सम्हालेका थिए । ९औं नम्बरमा आएका अमर रौतेलाले १५ बल खेल्दै तीन छक्का र दुई चौकाको मद्दतमा सर्वाधिक २९ रनको महत्वपूर्ण योगदान गरे ।

    यस्तै लोकेश बमले २७, दीपक बोहोराले २४, सरद भेषवाकरले १९, भुवन कार्कीले १७ रनको योगदान गरे । ओपनिङमा आएका आशिफ सेख ९ र प्रदीप ऐरी भने ७ रनमै आउट भए भने किशोर महतोले ८, दीपक बोहोराले ६ र अविनास बोहोराले एक रनमात्रै जोडे । पूर्ण बिक भने पहिलो बलमै रन नजोडी आउट भए ।

    पुलिसका सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले तीन/तीन विकेट लिए भने गुल्शन झाले दुई र आरिफ शेख र योगेन्द्र सिंह कार्कीले एक/एक विकेट लिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.