सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना संक्रमण बढेपछि कांग्रेसले १६ जिल्लाको अधिवेशन सार्ने


  •    न्युजभित्तो/५ माघ २०७८, बुधबार १३:११ 
  • काठमाडौं, ५ माघ ।  नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन सार्ने भएको छ। कोरोना संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन सार्न लागिएको हो।

    मधेश प्रदेशका आठ जिल्लासहित १६ जिल्लाको अधिवेशन माघ १५ गतेका लागि तय गरिएको थियो। यसअघि पुस २७ का लागि तोकिएको अधिवेशन सारिएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग छलफल गरी जिल्ला अधिवेशन सार्ने निर्वाचन समितिका एक सदस्यले जानकारी दिए।

    ‘संक्रमण दर बढिरहेको छ। यस्तो अवस्थामा हामीले जिल्ला निर्वाचन गर्‍यौं र संक्रमण थप फैलियो भने दोष निर्वाचन समितिलाई आउँछ,’ निर्वाचन समितिका एक सदस्य भन्छन्, ‘प्रधानमन्त्री र गृहमन्त्रीसँग छलफल गरी १र२ दिनमै निर्णय लिन्छौं।’

    १४ महाधिवेशन अघि १६ जिल्लाको अधिवेशन हुन सकेको थिएन। मधेश प्रदेशको अधिवेशन भने महाधिवेशन सकिए लगत्तै गरिएको थियो। ‘केन्द्र र प्रदेशको नयाँ समिति आइसकेको छ। जिल्लामा कार्यसमिति नभएको अवस्था पनि छैन। अधिवेशन नहुन्जेल पुरानै कार्यसमितिले आफ्नो भूमिका निर्वाह गर्छ। संक्रमणको जोखिमको बेलामा हतारिनु पनि हुँदैन,’ निर्वाचन समिति सदस्य भन्छन्।

    संक्रमणको परिस्थिति सामान्य नहुँदासम्म अधिवेशन गर्न नहुने उनले बताए। निर्वाचन समितिको बैठक १र२ दिन भित्रमै बसेर अधिवेशन सार्ने निर्णय गर्ने उनले बताए।

    सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, कैलाली, बाँके,अछाम र नवलपुरको अधिवेशन हुन बाँकी छ। अन्य जिल्लाको अधिवेशन १४औं महाधिवेशन हुनुभन्दा अघि नै सकिएको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.