सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सेयर बजारमा हरियाली, साडे ९ अर्ब नाघ्यो कारोबार रकम


  •    न्युजभित्तो/२ माघ २०७८, आईतवार १५:२३ 
  • काठमाडौं,२ माघ । यस महिनाको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजारमा रौनकता छाएको छ । नेप्से परिसूचकमा वृद्धि हुँदा कारोबार रकम पनि ह्वात्तै बढेको छ ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ६९ अंकले बढेर २९२६.७४ विन्दुमा पुगेको छ । नेप्से २.४१ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ११.८१ अंकले बढेर ५४२.६३ विन्दुमा पुगेको छ ।

    कूल २२९ वटा कम्पनीको १ करोड ८२ लाख ५४ हजार ४ सय २५ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

    कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहहरुको सेयर बढेको छ । आज सबैभन्दा धेरै उत्पादन र प्रसोधन समूहको सेयर बढेको छ ।

    बजार बढ्दा कारोबार रकममा अरुण भ्याली हाइड्रोपावर लिमिटेड अब्बल देखिएको छ । आज हाइड्रोपावरको ३२ करोड ४६ लाख ५९ हजार ३१ रूपैयाँको कारोबार भएको छ ।

    आइतबार स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ५ सय ५० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

    त्यस्तै, आज १०.२५ प्रतिशत ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चर २०८०/८१ को मूल्य सर्वाधिक घटेको छ । आज डिबेञ्चरको मूल्य ३.५९ प्रतिशतले घटेर ९ सय ९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.