सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन राष्ट्रिय निकुञ्जमा ध्रुवे हात्तीको आक्रमणबाट एक सैनिकको मृत्यु


  •    न्युजभित्तो/२ माघ २०७८, आईतवार १०:३० 
  • चितवन, २ माघ। केही वर्षदेखि शान्त देखिएको हिंस्रक जंगली हात्ती ध्रुवेको आक्रमणबाट नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको ध्रुव पोष्टमा शनिबार साँझ करिब ७ बजेको समयमा साइकल गस्तीमा निस्किएका जवानलाई ध्रुवेले आक्रमण गरी कुल्चिएको थियो ।

    हात्तीले कुल्चिएपछि घाइते भएका जवानको भरतपुर अस्पतालमा उपचारका क्रममा शनिबार राति ११ः२० बजे मृत्यु भएको हो । निकुञ्जले मृतकको परिवारमा मानसिक चोट पुग्न सक्ने भन्दै पहिचान खुलाएको छैन । साइकलमा गस्ती गइरहेका बेला ध्रुवेले आक्रमण गर्दा उपचारका क्रममा जवानको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । ‘निकुञ्जको कोर इलाका ध्रुव क्षेत्रमा अचानक आएर हात्तीले आक्रमण गरेको हो’, उनले भने, ‘उनी खड्ग दलमा अमलदारमा कार्यरत थिए । नामै खुलाउँदा परिवारलाई नराम्रो होला ।’

    सेनाको हेडक्वार्टरबाटै नाम खुलाउने भन्ने भएर अहिले मृतकको नाम नखुलाइएको उनले बताए । ‘ध्रुवेले अघिल्लो दिन पनि त्यता बबाल मच्चाइरहेको थियो । गाउँमा निस्किएर पोल ढाल्ने, धान तान्ने गरेको थियो’, निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले भने, ‘साँझपख निकुञ्जको नाकामा कुर्न जाँदा खेरी हात्तीसँग झम्काभेट भएछ । हात्तीले ढाडमा कुचेछ ।’ हात्तीले कुल्चिएपछि जवानको ढाड भाँचिएको थियो ।

    ध्रुवेले पाँच वर्षअघि नेपाल र भारतका विभिन्न स्थानमा १५ जनाको ज्यान लिएको थियो । ध्रुवे आक्रामक बन्न थालेपछि निकुञ्ज नजिक बस्ती भएका र निकुञ्जको बाटो भएर भरतपुर माडी आवतजावत गर्ने नागरिकमा त्रास बढेको छ ।(न्यूज कारखाना)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.